वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति मात्रै : अध्यक्ष वैद्य

पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताउनुभएको छ ।

नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताउनुभयो ।

सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निरन्तरताको क्रम भङ्गको भनाइलाई उल्टो क्रम भङ्ग भएको टिप्पणी गर्दै सम्मेलनले क्रान्तिको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो ।

पार्टीका उपाध्यक्ष चन्द्रप्रकाश गजुरेलले क्रान्तिकारी कम्युनिष्ट पार्टीको धु्रवीकरणको आवश्यकतामाथि प्रकाश पार्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामसिंह श्रीश, स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, नेकपा मसालका केन्द्रीय सदस्य रामप्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीलगायतले क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकतामा जोड दिनुभएको थियो ।

पाँच दिनसम्म चल्ने सो सम्मेलनमा सबै जिल्लाका करिब ४०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।