फेरि कांग्रेसमा फर्किए विजय गच्छदार !
काठमाण्डौ, २३ असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ ।

विजय कुमार गच्छदार अध्यक्ष रहेको पार्टी फोरम सोमबार अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको हो ।
नेपाली कांग्रेस बालुवाटार निकट स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषण गरिने छ ।
गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । २०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए ।


