यदि हामी खोला जस्तै गड्गडाएर बग्न सक्तैनौं र हाम्रो बिचारमा खिया लागेको हो भने माओवादी सकिँदा देशको हित हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डौ, २३ असोज । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता भन्नुनै माओवादी केन्द्रको बिगठन भएको बताएका छन् ।

फाईल फोटो

सोमबार पार्टीको सहायक संगठन वाईसीएल नेपालको कैन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको सुरुवातदेखि अहिलेसम्म बिगठन र पुनर्गठन हुँदै गणतन्त्रसम्म आउन सफल भएको समेत प्रष्ट पारे ।

‘हिजो माटो मशाल बिगठन नभएको भए एकता–केन्द्र बन्ने थिएन, एकता–केन्द्र बिगठन नभएको भए माओवादी बन्ने थिएन’ बिगतको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी बिगठन हुँदै–हुँदै माओवादी केन्द्रसम्म आयौँ, हाम्रो आजसम्मको बिगठनले नेपालमा गणतन्त्र र संघियता सम्भव भयो । अब यसलाई बिगठन गरेर नयाँ शक्ति संचय नगर्ने हो भने नेपालमा समाजवादी क्रान्ति सम्भव छैन ।’

उनले समाजवादी क्रानितको अभिभारा पुरा गर्न बिशाल शक्ति संचयकालागि वाम तालमेल र एकताको प्रयास थालिएको बताउँदै यो एकताले देश परिर्वतकालागि ठुलो तागत सिर्जना हुने दाबी गरे, काठमाण्डूटुडेमा खबर छ ।

राजनीतिक पार्टी पोखरी जस्तोे जमेर बस्यो भने क्रान्तिको प्रवृत्ति सकिने भन्दै उनले जोखिम मोल्न र चलाएमान बन्न कार्यकर्तालाई निर्देशन दिए । ‘अबको नयाँ क्रान्तिको सुरुवात तपाईँ–हामीले गर्ने हो, हामी जमेको पोखरी जस्तो बनेर हुँदैन’ । उनले भने, ‘यदि हामी खोला जस्तै गड्गडाएर बग्न सक्तैनौं र हाम्रो बिचारमा खिया लागेको हो भने माओवादी सकिँदा देशको हित हुन्छ ।’

माओवादी एमालेमा बिलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले एमाले नै गणतन्त्र, संघियता धर्म निरपेक्षता जस्ता माओवादीका मुद्दा सुदृढ गर्न एमाले लागि परेको स्पष्ट पारे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।