नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रहको माग

‘नेपाल पाँच हजार वर्ष पुरानो हिन्दू राष्ट्र’ : कमल थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रहको माग गर्दै आज विरोध प्रदर्शन गरेको छ ।

फाईल फोटो

रत्नपार्कबाट शुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न स्थान परिक्रमा गरी वसन्तपुर पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष कमल थापाले नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा सामाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्षता कायम गर्न नहुने बताउनुभयो ।

नेपाल करिब पाँच हजार वर्ष पुरानो हिन्दू राष्ट्रका रुपमा स्थापित भएको अभिलेख तथा शिलालेख पाइएको जिकिर गर्दै थापाले राष्ट्रिय एकताका लागि आलंकारिक राजसंस्थाको खाँचो औँल्यउनुभयो । उहाँले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि हिन्दू राष्ट्र र राजसंस्थाको विषय जनमत संग्रहबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।