गौचनको गोली हानी हत्या भएपछि तीनकुने बानेश्वरमा सडक बन्द, गृहमन्त्रीको राजीनामा माग (भिडियो सहित)
नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि निर्माण व्यवसायीहरुले अहिले सिभिल अस्पतालमा नारा लगाइरहेका छन् । निर्माण व्यवसायी जम्मा भइ प्रहरीले सुरक्षा दिन नसकेको भन्दै नारा लगाइरहेका छन् । हत्यारालाई कारबाही र गृहमन्त्रीको उनीहरुले राजीनामा माग गरेका छन् । व्यवसायीहरु सुरक्षित नभएको उनको भनाइ छ। उनीहरुले अहिले बानेश्वर–तीनकुने सडकसमेत बन्द गरेका छन् ।
https://youtu.be/rMxkAjWbC5w


