कृष्ण सिटौलाको क्षेत्र जोगाउन हम्मेहम्मे भएपछि काङ्ग्रेसले गर्यो यस्तो निर्णय…

काठमाडौं । नेपाली कांग्रेस आगामी प्रतिनिधिसभा चुनावमा झापामा एउटा सीट राप्रपालाई दिन सहमत भएको छ ।

राप्रपाले कांग्रेससँग १५ सीट मागेको थियो । तर, सात सीटमा भद्र सहमति भएको स्रोतको दाबी छ । राप्रपा नेता बुद्धिमान तामाङले भने १० र ११ मा बहस भइरहेको बताए ।

तामाङका अनुसार झापा, मकवानपुर, दैलेख र बाँकेमा १-१ सीट राप्रपाले लिने सहमति भइसकेको छ ।

राप्रपा नेताहरुका अनुसार झापा ३ राप्रपाले लिनेछ । त्यहाँ राजेन्द्र लिङदेन उम्मेदवार बन्ने तयारीमा छन् ।

यो निर्वाचन क्षेत्रमा बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिकाका साथै भद्रपुर नगरपालिकाको १ देखि ८ र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० रेको छ । हल्दीबारी र कचनकवलमा राप्रपाले स्थानीय चुनाव जितेको छ भने बाह्रदशीमा कांग्रेस तथा विर्तामोड र भद्रपुरमा एमालेले जितेको छ ।

यदि राप्रपासँग तालमेल नगर्ने हो भने कांग्रेस नेता कृष्णप्राद सिटौलालाई चुनाव जित्न गाह्रो छ ।

यो क्षेत्र राप्रपालाई लिएर सिटौला समानुपातिकमा बस्न सक्ने कांग्रेस एक नेताले बताए । ‘यो सिटौलाका लागि पनि सहज अवतरण हुनेछ’ एक नेताले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।