सुनसरी बाट एमालेका उम्मेदवार सिफारिस, क्षेत्र नम्बर ३ बाट केपी ओली !

सुनसरी, २४ असोज । सुनसरीबाट सम्भावित उम्मेदवारको नाम नेकपा (एमाले)ले केन्द्रमा सिफारिस गरेको छ । सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो ।

एमालेको निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश सभा कमिटीको बैठकले क्षेत्र नं १ बाट प्रकाश राई र जयकुमार राईलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ भने प्रदीप भण्डारीलाई प्रदेश सभा (क) सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । एमालेका केन्द्रीय कमिटी सचिव, पूर्वमन्त्री एवं साविक सुनसरी–६ का सांसद भीमप्रसाद आचार्यलाई प्रदेश सभाको (ख) बाट उम्मेदवार सिफारिस गरिएको जनाइएको छ ।

निर्वाचन क्षेत्र नं २ बाट हालका सांसद रेवतीरमण भण्डारी, खेमराज पोखरेल, रामप्रसाद चौलागार्इं, रमेश श्रेष्ठ, डा बद्री विशाल पोखरेल र ओम कोइरालाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ भने यस क्षेत्रको प्रदेश सभा (क) बाट एमाले केन्द्रीय सदस्य धर्मराज निरौला, रामप्रसाद चौलागाईं, राजकुमार गिरी, डवलकुमारी चौलागाईं, बन्हुलाल चौधरीलाई प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिएको छ । प्रदेश सभा (ख) का लागि शम्भु आचार्य, पर्शुराम यादव, हरिनारायण चौधरी, शत्रुघन यादव, धिरामाया राई, निरा आचार्य, शंकरलाल चौधरी, राम कोइराला, खेमराज पोखरेलको नाम प्रदेश सभा सदस्यका लागि सिफारिस गरिएको छ ।

यसैगरी, सुनसरीको निर्वाचन क्षेत्र नं ३ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव भीम आचार्यले भगवती चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने घोषणा गरिसकेकाले यस क्षेत्रबाट उनको एक्लो उम्मेदवारी लगभग पक्कापक्की भइसकेको एमाले उच्च स्रोतले जनाएको छ । यस क्षेत्रबाट प्रदेश सभा (क) का लागि तैयव हुसैन, रामकरण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) बाट नाम सिफारिस हुन बाँकी रहेको छ । निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि जगदीश कुसियत, महफुज अन्सारी र रमेश श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (क) बाट सदस्यका लागि केशव तिम्सिना, नन्दकुमारी राई, बद्रीनाथ घिमिरे, प्रदीप काफ्ले, कोषराज भट्टराई, डिवी शाह ‘शंकर’ तथा बाबुराम बरालको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । जिल्लामा नेकपा (माओवादी केन्द्र) सँगको तालमेलको कुराले केही मात्रामा सदस्यको उम्मेदवारीमा फेरबदल हुनसक्ने सम्भावना समेत रहेको पार्टीले जनाएको छ । यहाँ एमालेको राम्रो अवस्था भए पनि वाम तालमेलले गर्दा केही ठाउँमा माओवादी केन्द्रलाई समेत स्थान दिनुपर्ने हुन्छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।