उपेन्द्र यादवले जोगाइदिए माओवादी मन्त्रीका पद, देउवा व्याक !

काठमाण्डौ, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेका हुन् ।

यादवको भनाइ उद्धृत गर्दै देउवाले भनेका थिए, ‘हाम्रो एकता निर्वाचन तालमेलका लागि हो, कसैलाई सत्ताबाट हटाउन वा ल्याउन होइन ।’ यादवको चुनौती सामना गर्न नसकेपछि प्रधानमन्त्रीले सहज रूपमा कात्तिकको पहिलो साता सरकार पुनर्गठन गर्ने सम्भावना छ । कात्तिक ५ गते मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले उक्त मितिबाट वर्तमान संसद् स्वतः विघटन हुन्छ ।

संसद् विघटनपछि सरकारबाट माओवादी हटेको भन्दै सरकारविरुद्ध अविश्वास नआउने र अन्य केही अप्ठ्यारालाई समेत के कसरी निकास दिन सकिन्छ भन्नेमा देउवा गम्भीर रहेको दाबी बालुवाटार स्रोतको छ । स्थानीय तहको परिणाम सार्वजनिक भएपछि अत्तालिएका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले कांग्रेसमा प्रवेशको तयारी तीव्र रूपमा अघि बढाइरहेका छन् । तत्कालीन अवस्थामा देउवा कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा उनले महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

गच्छदारका लागि अर्को झट्का संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच बिहीबार भएको चुनावी तालमेलले दिएको छ । यी सबै झट्काको निकासका लागि गच्छदार आफ्नो नेतृत्वमा रहेको पार्टी नै कांग्रेससँग मिलाउने गरी गृहकार्यमा व्यस्त छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।