कांग्रेस सुनसरीका नेता पोखरेलसहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

इनरुवा । नेपाली कांग्रेस सुनसरीका नेता एवम महासमिति सदस्य इन्द्र पोखरेलसहित विभिन्न पार्टी आबद्ध दुई दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

इनरुवामा सोमबार साँझ आयोजित एक कार्यक्रमकाबिच नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र राप्रपाका नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रदेश नम्वर १ का संयोजक भीम आचार्यले पार्टी प्रवेश गराएका हुन् । पोखरेल स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट मेयर पदका दावेदार थिए ।

एमाले प्रवेश गर्नेहरुमा नेकाका महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुर , क्रियासिल सदस्य सुरेन्द्र प्रसाद स्वर्णकार , फोरम नेपालका युवा नेता चन्दन कुमार यादव, सञ्जय यादव रमेश पोदार , मिना सोनी, मनिश सोनी ,मनोज सोनी , अनु सोनी , अञ्जु सोनी , सारिका सोनी , केशव श्रेष्ठ, अक्बिका श्रेष्ठ, बिजय गुप्ता, विष्णु महत क्षेत्री, गौराबहादुर मगर, रुपेश यादव विरेन्द्र शर्मा, सुरज सरदार, मनोज गुप्ता, लालविकाश मगर , महम्मद सज्जाद लगाएका रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।