नेपाली जनताको बिषय उठाउदा मेरो हत्या हुन्छ भन्ने सिधै मेरो छातिमा गोली ठोक्नु तर दाँयाबाँया होइन : रबि

दिन दहाडै राजधानीमा प्रतिष्ठित ब्यक्तिको गोली हानेर हत्या गरेको छ । यो घटनाले चिच्याई चिच्याई कानको जाली फुट्ने गरेर कराउदै छ हामी यस कारण जीवित छौ कि यति बेलासम्म हामीलाई कसैले मार्न चाहेको छैन । देशको सुरक्षा ब्यबस्था कडा भएर हामी बाँचेका हुदै होईनौ । यो पनि मानि हालौ यहाँ कसले चाह्यो भन्ने जसको पनि हत्या हुनसक्छ ।

पुलिस प्रशासनलाई दिएको यो ठाडो चुनौतीको जवाफ आउला पनि अपराधी पनि समातिएका । अपराधी समातिनु समस्या होइन होला तर गुण्डा नाइकेहरुलाई स्ट्याण्डर्ड बढाएर डन भनिदिएको छ , यति ठुलो सम्मान पाए पछि गुण्डाहरुलाई गर्वको महसुस हुदोहो ।

राजनैतिक दलका नेताहरुले आफ्नु कालो धन्दा लुकाउन पालेका पाल्तुहरु फुत्किएर निस्किए पछि यसरी मान्छेहरु मार्दै हिड्छन् । यिनीहरुलाई आफ्नु सन्तान जस्तै खुवाई पियाई पाल्ने नेताहरुले तपाई हाम्रो समाज असुरक्षित बनाइ दिएका हुन् ।

जेलमा हुनु पर्ने गुण्डाहरुलाई बडेमानका नेताहरु र केहि ठुला ब्यापारीहरुले सुरक्षा दिएर राखेका छन् जसको कारण नेपाल प्रहरीलाई ति गुण्डाहरुको सात पुस्ते अपराधको बिवरणको जानकारी हुदाहुदै पनि छुने हिम्मत गर्दैनन बरु केहि नदेखेको जस्तो ब्यबहार गर्न बाध्य छ ।

गुण्डाहरुको पावर नपुगेर मात्रै केहि गुन्डाहरु समातिएका हुन् । प्रहरीहरुलाई कुन गुण्डा नाइकेलाइ पक्राउ गर्दा कुन दलको कुन नेताको फोन आउछ भने पनि राम्रोसंग थाहा छ । आखिर सबैलाई देश भन्दा पैसा पहुच जागिर नै प्यारो रहे छ ।

नेताहरुले आफ्नु पाल्तु गुन्डाहरुलाई बेलैमा नसमाहलेमा ब्यापारीहरुलाई लाग्ने त्यो गोली नेताहरुप्रति नै लाग्नसक्छ तसर्थ गुन्डाहरुको लागि जेलको ढोका खुला गरौ या सुधारगृह खोलौ ।

”मैले यति भन्दा मेरो हत्या हुन्छ भन्ने मेरो छातीमा सिधै गोली ठोक्नु तर दाँया बाँया होइन” भन्दै रबि लामिछानेले आफ्नु छाती मै हात राखेर देखाए आजको सिधाकुरामा ।

आजको बिशेषताहरु :-

स्टिङ अपरेसन पछि नायक पल शाहका नाममा ठगी गर्ने पक्राउ, गोली काण्डमा एआईजी चन्दको जवाफ यस्तो !
कुबेतमा नेपालीहरुले पाएको दु:ख पाएका नेपालीहरु उद्धारको आशा राखेर सिधाकुराको सम्पर्कमा आएका छन् ।
डाक्टर गोविन्द केसी कार्यरत शिक्षण अस्पतालको फोहोरले बिरामीलाई यसरी झन् बिरामी बनाउदो रहेछ ।
एउटा यस्तो घटना जसको सबै प्रमाणले त्यो हत्या हो भनेर देखाउदा त्यसलाई प्रहरीले चै आत्महत्या भएको प्रतिवेदन दिएर सबैलाई अचम्ममा पारेको छ ।

दिन दहाडै गोली हानी मानिस मार्ने को हो? गुण्डा नाइकेहरुलाई राजनैतिक संरक्षण दिने नेताहरुले अब सोच्न ढिला गरे बन्दुक अब तिनै नेताहरु तिर तेर्सिन्छ। नायक पल शाहको नाममा ठगी गर्ने नक्कली हिरो पक्राउ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।