बहालवाला मन्त्रीसहित तीन सांसद माओवादी केन्द्रमा प्रवेश गर्दै
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता हुने भएको छ । बुधबार दिउँसो राजधानीको बुद्धनगर पार्टी प्यालेसमा बहालवाला मन्त्री सहित तीन सांसदले नेकपा माओवादी केन्द्र प्रवेश गर्ने तयारी गरेका छन् ।

नेकपा संयुक्तबाट जनसंख्या तथा वातावरण मन्त्री बनेकी मिथिला चौधरी सहित तीन जना सांसद माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् । पार्टी एकता तथा प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड समेत सहभागी हुने जनाइएको छ । गणेश शाहले नेतृत्व गरेको नेकपा संयुक्त निकै पुरानो पार्टी हो ।


