सर्वोच्चले भ्रष्टाचारी ठहर गरेका उम्मेदवार हुन अयोग्य खुमबहादुर कांग्रेसको टिकट वितरण बोर्डमा

सर्वोच्चले भ्रष्टाचारी ठहर गरेका खुमबहादुर खड्कालाई कांग्रेसले संघ र प्रदेशको टिकट वितरण गर्ने मुख्य जिम्मेवारी पाएको संसदीय बोर्डको सदस्य बनाएको छ।

सांसद नभएपनि कांग्रेसले टिकट वितरण गर्ने संसदीय बोर्डमा खड्कालाई राखेको हो। उनलाई सर्वोच्चले अयोग्य ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ विगो र त्यतिनै जरिवाना सजाय दिएको थियो।

सजाय काटेर निस्किएपछि पनि राजनीतिमा सक्रिय खड्का कांग्रेसको केन्द्रीय सदस्यमा १३ औं महाधिवेशनबाट १८४६ मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसमा शेखर कोइराला पछि धेरै मत खड्काले नै पाएका थिए। कांग्रेसको उपसभापतिमा उनले दावी गर्दै आएका छन्।

त्यसो त उनलाई संसदीय चुनाव लडाउन कांग्रेसले प्रतिनिधि सभा निर्वाचन ऐनमा संशोधन समेत हालेको थियो। व्यापक विरोधपछि कांग्रेस पछाडि हटेको थियो।

उम्मेदवार हुन कानुनतस् अयोग्य खड्कासहित कांग्रेसको संसदीय बोर्डमा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, पूर्ण बहादुर खड्का, राम शरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकासशरण महत, बालकृष्ण खाँड, चित्रालेखा यादव र अर्जुननरसिंह केसी छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।