सूर्य चिन्ह छाडेर देब्रे आँखा चिन्हमै चुनाव लड्ने बाबुरामको घोषणा

काठमाडौं । एमालेको सूर्य चिन्ह लिएर गोरखाबाट चुनाव लड्ने भन्दै वाम गठबन्धनमा सामेल भएका नयाँ शत्तिः पार्टीका संयोजक डा बाबुराम भट्टराईले सूर्य चिन्ह छोड्नु भएको छ । भट्टराईले चुनाव लड्न खोजेको गोरखा २ मा माओवादीले छोड्न नमानेपछि भट्टराई आफ्नै पार्टीको चुनाव चिन्ह देब्रे आँखा लिएर गोरखा २ बाटै चुनाव लड्ने हुनुभएको हो ।

पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले देब्रे आँखा चुनाव चिन्हबाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको हो। एमाले, माओवादी र नयाँ शक्तिबीचको सिट बाँडफाँडमा भट्टराईले १५ प्रतिशत सिट माग्नु भएको थियो । गत स्थानीय चुनावमा ७५३ स्थानीय तह मध्ये नयाँ शक्ति पार्टीले १ गाउँपालिकामा मात्रै जितेको थियो । भट्टराईले सिट बाँडफाँडमा आफूलाई अण्डरमाइण्ड गरिएको भन्दै पार्टीकै चुनाव चिन्ह लिएर गोरखाबाट चुनाव लड्ने वताउनु भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।