माओवादी केन्द्र सरकारमै बस्ने कि छाड्ने ? आज निर्णय गर्दै

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारमा रहिरहने वा राजीनामा दिने विषयमा आज निर्णय गर्ने भएको छ । निर्णय लिनको लागि माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री र पार्टीका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा शनिबार वा आइतबार बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।

माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ । निर्वाचन सार्दा वाम गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीको कम प्राथमिकतामा परेको छ ।

निर्वाचन आचारसंहिताविपरित प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीलाई दबाव बढेको छ । कांग्रेससँग सत्ता साझेदारी गरेको माओवादीले एमालेसँग गठबन्धन गरेपछि कांग्रेस-माओवादी सम्बन्ध चिसिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।