बाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराईको चुनाव चिन्ह रुख !

काठमाडौं २९ असोज । उम्मेदवारीमा कुरा नमिलेपछि बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार भेटावार्ता भएको छ ।

भेटमा नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनमा सहभागी हुनेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भट्टराईले बाम गठन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा गृह जिल्ला गोरखा–२ बाट प्रत्यक्षतर्फबाट संघीय संसदको सदस्यमा चुनाव लड्न चाहेका थिए ।

तर, माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारीमा दाबी नछाडेपछि भट्टराई बाम गठबन्धनबाट बाहिरिएका थिए ।

स्रोतका अनुसार सभापति देउवाले काँग्रेसको समर्थनमा चुनाव लड्ने भट्टराईको प्रस्ताव स्वीकार गरेका छन् । तर, भट्टराईले आफूसहित संघीय संसदमा ११ सिटमा दाबी गरेका कारण कुरा मिल्न भने सकेन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।