नेता नारायणकाजी श्रेष्ठले दिए देउवालाई कडा चेतावनी !

काठमाण्डौ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाको कडा शब्दमा आलोचना गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई प्रधानमन्त्री देउवाले मन्त्री नियुक्त गरेपछि श्रेष्ठले मन्त्रिपरीषद विस्तारको विरोध गरेका हुन् ।

श्रेष्ठले एक ट्विट गर्दै मन्त्रीपरिषदको विस्तारले निर्वाचन आचारसंहितको ठाडो उल्लंघन गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्री देउवाले हदैसम्मको अलोकतान्त्रिक काम गरेको बताए ।

श्रेष्ठले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचन सुनिश्चित र स्वच्छ नभए आफ्नो पार्टीलाई सह्य नहुने चेतावनी समेत दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।