रविको आक्रोस,- बिकाउ नेताहरु भारतको बासी भात खान जालान तर स्वाभिमानी नेपाली आफ्नु १ इन्च जमिन पनि छोड्दैनन
देशको चाड पर्वहरु पहिलेको जस्तो रमाइलो हुन् छोडेको छ भन्ने बढ्दो गुनासोलाई रविले यसरी उठाए कि जो कोहि नेपाली एक पल्ट सोच्न बाध्य हुन्छ । आधुनिकताको नाममा हामीले बैदेशिक संस्कृतिलाई अंगालेर हाम्रो गौरवशाली इतिहास बोकेको चाडबाडलाई बिर्सिदै गएका छौ । आफ्नु मौलिकतालाई गीत संगीतको माध्यमबाट जगेर्ना गर्नको सट्टा विकृत बनाउदै गएका छौ अनि कहाँ बाट चाडबाड पहिलेको जस्तो हुनु । तिहार जस्तो गरिमामय चाडबाडमा गुन्डागर्दीगर्नेहरुको हुलले जता भावी देउसी भैलो खेल्दै ३ कोश परसम्म अरुलाई बाधा पर्ने गरेर माइक बजाउने अनि चाडबाडको नाममा आफ्नै चेलीबेटीप्रति कुदृष्टि राख्नेहरुको जमात बढ्दै गयो ।
हाम्रो कला संस्कृतिमा बिदेशीहरुले विद्यावारिधि गरेर गहन अध्ययन अनुसन्धान गर्छन तर हामीहरु चै यसलाई विकृत बनाउदै छौ ।
केहि बिकाउ राजनीतिज्ञहरु तपाइको एम्बेसीमा मन्त्रि बनाई दिनु भन्दै बासी भात खान जालान तर साधारण नेपालीहरु आफ्नु एक इन्च जमिन पनि छोड्दैनन , भारतको हेपा प्रवृति बिरुद्ध रविले छोडे जेदाह र भन्ने देशको स्वाभिमानमाथि हुने जस्तो सुकै भारतीय प्रहारको बिरोधमा खरो उतर्ने प्रतिबद्धता ।
हाम्रो निधारमा सप्तरंगी टिका सजिदै गर्दा रसुवा की एक चेलीलाई बोक्सीको आरोप लगाएर एउटा पापीले निधारमा कोदालोले हानेको छ, हामी तिहार मनाईरहदा भारतीय सिमा सुरक्षा बल हाम्रो जमिनमा ऑखा लगाईरहेको छ।
राष्ट्रको धमिराहरुलाई नाङ्गो बनाउन सिधाकुरा जनतासंगको प्रमुख उद्देश्य हो जसको लागि रविको टिमलाई जस्तो सुकै दवाब आए पनि देश र जनताको खातिर त्यसलाई सामना गर्ने गरेका छन् ।
सिधाकुरा जनतासंग शुरु भए देखि रविको टिमले आफ्नु बशमा भएको र सकेको सहयोग जो कोहीलाई पनि गर्दै आएको बिदिदै छ । भ्रष्टाचार ,घुसखोरी ,तस्कर ,राजनैतिक माफियाले आक्रान्त बनाएको नेपालमा ‘सिधाकुरा जनतासंग’ले आशाको एउटा दियो बाल्न सफल भएको छ कि गर्न चाहने हो भन्ने यो देशमा धेरै कुरा सम्भव छ तर त्यसको लागि जरुरि छ त देशको माया र देश बनाउने दृढता । कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने उक्ति अब बदलिएको छ र पिडितहरु भन्न थालेका छन् न्याय नपाए रविको सिधाकुरा जनतासंग जानु ।
यसरी न्याय र जन आस्थाको एउटा धरोहरको रुपमा अघि बढ्दै गएको नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक सफल कार्यक्रमले आज सम्म कति स्टिंग अप्रेसन गरेर सरकार र भ्रष्टाचारीहरुलाई कानुनको फन्दामा पुराएको छ । नेपाली सेना भित्र हुने भ्रष्टाचार प्रकरण , नेपाल प्रहरी भित्र हुने भ्रष्टाचार प्रकरण , सशस्त्र प्रहरी भित्रको भ्रष्टाचार प्रकरण लगायत ठुल ठुला राष्ट्रिय मुद्धाहरु पनि रविले उठाएका छन् ।
यसै क्रममा आज आम जनताको प्रतक्ष्य सरोकार राख्ने श्रम कार्यलय ताचाहलमा रविको टिमले स्टिंग अपरेसन संचालन गरेको छ जसमा हाकिमदेखि पियुनसम्म मिलेर कसरी यो देशलाई खोक्रो बनाएको छ भन्ने उदाहरण आजको स्टिंग अप्रेशनले प्रमाणित गर्दछ ।
रविको स्टिंग अप्रेशनको प्रभाव कसरी बढिरहेको छ भन्ने थाहा पाउन बालाजु प्रहरीमा केहि हप्ता अघि अख्तियारको टिम सहित गरिएको स्टिंग अप्रेशनको कमाल स्वरूप डिएसपी नै अहिल अख्तियारको हिरासतमा पुगेका छन् ।
आजको बिशेषताहरु :-
बोक्सीको आरोपमा बुहारीलाई मार्न खोजे जेठाजुले । सिमामा भारतीय प्रहरीको अर्काे ज्यादती ।
थप फलो अपका बिषयहरु


