सैनिक परिवार धनकुटाको पहिलो साधारणसभा सम्पन्न, ९९ लाख बराबरको कारोबार पारीत
धनकुटा खबर । नेपाल भूतपूर्व सैनिक परिवार धनकुटाको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष क्याप्टेन तिलक सिंह लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाले ९९ लाख ९ सय ३० रुपैंया बराबरको कारोबार पारीत गरेको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरोज कुमार जोशीले २०७० साल देखि हाल असोज १० सम्मको ९५ लाख १६ हजार १ सय ३६ रुपैंया बराबरको आय–ब्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमासंस्थाका बरिष्ठ उपाध्यक्ष धनबहादुर खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै धनकुटाको बसपार्कमा नवनिर्मित भवनको चाँडै उत्घाटन गरिने जानकारी दिनुभयो ।
भुतपूर्व शैनिकहरुले आफ्ना भावी सन्तानका लागि आफ्नो संस्थाको भुमिका शसक्त्त बनाउनुपर्ने,शैनिकहरुका परिवारले पाउने सुबिधामा समस्याहरु आईरहेकाले त्यसलाई सरल रुपमा पाउनको लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा भूतपूर्व शैनिकहरु ब्रिटिसका जगत बहादुर श्रेष्ठ,भारतका भक्त बहादुर भण्डारी,नेपालका ओम प्रकाश अधिकारी र श्याम प्रकाश राईले मन्तब्य राख्नुभएको थियो ।
संस्थामा हाल नेपाल,भारत,बेलायत र सिंगापुरका २ सय २५ भूपू शैनिकहरु आवद्ध रहेको संस्थाका उपाध्यष ईन्द्र बहादुर डंगोलले जानकारी दिनुभयो ।


