नवराज सिलवालले एमालेबाट टिकट पाए
काठमाडौं । पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभा निर्वाचनमा नेकपा(एमाले)बाट टिकट पाएका छन् । ललितपुर १ बाट उनले टिकट पाएका हुन् ।

सिलवालको नाममा सहमति भएको छ । यद्यपी त्यसलाई स्थायी किमिटिबाट निर्णय गराउन बाँकी छ ।
ललितपुरका प्रतिनिधिसभा सदस्यका लागि २ निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धनमा २ वटा एमालेले पाएको छ । १ मा नवराज सिलवाल र २ मा कृष्णलाल महर्जनले टिकट पाउने पक्का भएको एमालेका एक केन्द्रीय नेताले दृष्टिलाई जानकारी दिए । ललितपुर १ मा एमालेका नेता मधुसुदन पौडेलले पनि दाबी गरेका थिए । तर, उनी सिलवाललाई सहयोग गर्न तयार भएका छन् ।
ललितपुर १ मा कांग्रेसबाट उदयशमशेर राणाले प्रतिस्पर्धा गर्दैछन् ।
आईजिपी बढुवामा शेर बहादुर देउवाले अन्याय गरेपछि सिलवाल राजिनामा दिएर राजनीतिमा लागेका हुन्


