‘एमाले बिरुद्ध गलत प्रचार भयो’
धनकुटा खबर । धनकुटामा राजधानी बनाउने बिषयमा एमाले बिरुद्धमा रहेको भन्ने गलत प्रचार गरिएको भन्दै नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन मार्फत् प्रेस बिज्ञप्ती जारी गरेर यसको खण्डन गरेको छ ।

संविधानमा नै मौजुदा सरकारले प्रदेशका अस्थाई केन्द्रहरु तोक्ने भनिएको सन्दर्भमा उक्त काम नगरी एमालेलाई अनावश्यक लान्छाना लगाएको बिज्ञप्ती जारी गरेर प्रति खेद प्रकट गरेको छ ।
‘धनकुटालाई १ नं.प्रदेशको राजधानी बनाउन नेकपा उमाले धनकुटा अन्तिम समय सम्म लागिरहनेछ, बिज्ञप्तीमा भनिएको छ’,‘हामी बिरुद्ध प्रचार गरिएको कुरा भ्रम मात्र हो ।’

कार्यक्रममा जिल्ला पार्टीका कार्यबाहक दुर्गा लिंखाले आफ्नो पार्टी बिरुद्धको उक्त भ्रमात्मक प्रचार बाम गठबन्धन बिरुद्धको चलखेल भएको बताउनुभयो ।
धनकुटालाई राजधानी बनाउन हुन्न भन्ने कुरा एमालले कसरी ग¥यो ? सक्छ भने कसैले प्रमाण ल्याएर देखाओस्–लिंखाले चुनौति दिनुभयो ।
उच्च अदालतको बेन्च बिराटनगरमा राख्दा नबोल्ने आरोपीहरुले आफूहरु धनकुटालाई राजधानी बनाउन लागिपरेको भन्नु राजनैतिक बेईमानि मात्र भएको उहाँको भनाई छ ।


