निर्वाचनका लागि छुट्टा-छुट्टै मतपत्र छाप्ने तयारी !

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्नेबारेमा छलफल गरेको छ । तर यसबारे भोलि सोमबार मात्रै औपचारिक निर्णय हुने आयोगले जनाएको छ ।

प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादव सहितका पदाधिकारी रहेको आयोगको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छाप्ने बिषयमा छलफल भएको हो । यसबारेमा प्रतिक्रिया दिँदै आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘यसबारेमा आयोगमा छलफल भएको छ, तर यसको निर्णय भोलि हुन्छ ।’

आयोगले भोलि अदालतको आदेश आएपछि यसबारे निर्णय गर्ने बुझिएको छ ।

सर्वोच्च अदालतले ३ दिनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाई बारेमा भएको प्रगतिबारे ३ दिनभित्र जवाफ दिन आयोगलाई निर्देशन दिएको थियो ।
सर्वोच्चलाई आयोगले भोलि सोमबार जवाफ दिने भएको छ । शनिवार अदालतको निर्णयको पत्र पाएको अदालतले अदालतलाई बुझाउने जवाफ आज तयार पारेको हो ।

राजपा नेता सर्वेन्दनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र एउटै कागजमा दुई मतपत्र छाप्ने निर्णय भएको भन्दै अलग रुपमा छाप्न माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि गत असोज १९ गते सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेपछि आयोगले एउटै कागजमा दुई मतपत्र छाप्ने निर्णय गरेको थियो ।

सो आदेशमा समानुपातिकतर्फ मतपत्र छापिसकेकाले अदालतले अलगअलग मतपत्र छाप्नुपर्ने व्यवस्था भएको र यही कात्तिक १० गतेबाट मतपत्र छापिने भएकाले संवैधानिक र कानूनी प्रावधान गम्भीरतापूर्वक लिने भएकाले अन्तरिम आदेश दिनुपरेन भन्ने उल्लेख थियो ।

फेरि गत मंगलबार नेता शुक्लाले आयोगले अदालतको अवहेलना गरेको भन्दै दायर गरेको मुद्धामा न्यायधिश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार ३ दिनभित्र प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै मतपत्र छपाईको प्रक्रिया कहाँ पुग्यो भन्नेबारेको बिबरण पेश गर्न आयोगलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतको यस्तो आदेश आएपछि बामगठबन्धनभित्र चुनाव सार्ने कसरत भएको आंशका बढेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।