झापामा राप्रपाले काँग्रेससंग गठबन्धन नगर्ने, लोकतान्त्रिक गठबन्धनमा ठूलो धक्का

झापामा लोकतान्त्रिक गठबन्धनमा ठूलो धक्का लागेको छ । राप्रपाले काँग्रेससंग गठबन्धन नगर्ने भएको छ । काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाले झापा क्षेत्र नं. ३ राप्रपालाइ छाड्न इन्कार गरेपछि गठबन्धन तोडिएको हो ।

राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाइ यहाँ छाड्ने निर्णयबाट काँग्रेस पछि हटेपछि राप्रपासंग दुरी बढेको छ । लिङदेन यहिबाट उठ्ने राप्रपाले निर्णय गरेको छ भने काँग्रेसले पनि यहिबाट सिटौलालाइ लडाउने भएको छ ।

यता झापामा गठबन्धन तोडिएपछि झापा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने तथा ५ नम्बरमा समेत चर्चा चलाइएका बिश्वप्रकाश शर्मालाइ पनि धक्का लाग्ने बिश्लेषण हुन थालेको छ । राप्रपाले काँग्रेसका उम्मेदवार हराउन बाम गठबन्धनलाइ सहयोग गर्ने आन्तरिक सहमति भइसकेको श्रोतको भनाइ छ ।

झापाको क्षेत्र नं. ३ मा कडा टक्कर हुने देखिएको छ । काँग्रेस, राप्रपा र एमालेका उम्मेदवार नै यहाँ प्रभावशाली मानिन्छन् । एमालेका उम्मेदवार पुष्प पोखरेलले एकपटक सिटौलालाइ हराइ पनि सकेका थिए । – सवाल नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।