को अधिनायकवादी- कांग्रेस कि बाम गठबन्धन ?

लोकतन्त्रमा जनता नेताभन्दा शक्तिशाली हुन्छन् । जनता के सही हो क गलत हो भन्ने छुट्याउन सक्षम छन् । जनताले स्वीकार गरेपछि मात्र कुनै सिद्धान्त, वाद वा नेताको अस्तित्व रहन्छ । यही बुझेर होला, आफूलाई मात्र अब्बल क्रान्तिकारी देख्ने नेत्रविक्रम चन्दले समेत आफ्नो पार्टीको नाममा रहेको “माओवादी” पुच्छर हटाई सकेका छन् । कुन्नि किन हो, नेपाली जनताले “माओवाद”भन्ने शब्दावलीलाई सहज ग्रहण गर्न सकेनन् । बरु अबको नेपालमा माओवादको औचित्य समाप्त भयो भन्ने साझा निष्कर्षमा क्रमशः सबै पुग्दैछन् । तर जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादित जनताको बहुदलीय जनवादी सिद्धान्तले एकपछि अर्को सफलता र समर्थन प्राप्त गरिरहेको छ । यो आजको बाम राजनीतिको वास्तविकता हो ।

भन्न परोइन, माओवादीले दीर्घकालीन जनयुद्धको माध्यमद्वारा सत्ता कब्जा गर्ने मुख्य उदेश्य राखेको थियो । सत्ता कब्जा गर्ने उद्देश्य राखेर माओवादीले दस बर्षे युद्ध सञ्चालन गरेकै हो । तर दोश्रो विश्व युद्धको पृष्ठभूमिमा रुस र चीनका कम्युनिष्टहरु सत्तामा पुग्न जसरी सफल भए, त्यसरी नेपालमा सत्तामा पुग्न संभव भएन । कब्जा गर्न नसके पछि लोकतान्त्रिक गणतन्त्रमा जाने सुझबुझपूर्ण निर्णयको कारण तत्कालीन संसदवादी दलसंग मिलेर शान्तिपूर्ण निर्णायक जनआन्दोलनमा सरिक भएको हो । शान्तिपूर्ण जनआन्दोलन, दुई दुईवटा संविधानसभाको चुनाव, संसदीय प्रक्रियाबाट संविधान जारी, यही विचको अवधिमा लोकतान्त्रिक प्रक्रियाबाट प्रचण्ड पटक पटक प्रधानमन्त्री भई सकेका छन् । यतिमात्र होईन, नेकपा(एमाले), माओवादी केन्द्र लगायतका बामपन्थी दलको बाहुल्य रहेको संविधानसभाले पूर्ण लोकतान्त्रिक संविधान निर्माण भएर कार्यान्वयनको तहमा अगाडि बढेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रका शीर्ष नेताहरुको सुझबुझपूर्ण सहकार्य नभएको भए यो संभव थिएन ।

सामन्ती व्यवस्था फाल्न ईतिहासमा नेपाली कांग्रेसले पनि बम बारुद बोकेकै हो । तत्कालीन नेकपा(माले)ले हतियारबन्द विद्रोह गरेकै हो । पछिल्लो समयमा माओवादी ठूलो पैमानामा विद्रोह सञ्चालन गर्यो । समग्रमा यी सबै कदम लोकतन्त्र प्राप्तिकै कदम थिए । लोकतन्त्रका लागि सगै लड्ने बाम दलहरु तालमेल हुदै एकताको बाटो तय गर्दा नेपाली कांग्रेसले उनीहरुलाई अधिनायकवादी देख्नु उसको नजरमा कमलपित्तको प्रभावसिवाय केही हुन सक्दैन । यो विगतको युद्ध सम्झाएर जनतालाई आफ्नो प्रभावमा राख्ने नेपाली कांग्रेसको चालवाजी मात्र हो । यो त चील देखाएर चल्ला टिप्ने तरिका मात्र हो ।

हो, जनता शान्ति,स्थीरता र आर्थिक समृद्धि चाहन्छन् । सधै युद्धको भजन सुन्न चाहदैनन् । दस बर्षे माओवादी जनयुद्धका सकारात्मक परिणामका साथै गम्भीर कमजोरी पनि थिए । आफ्ना कमी कमजोरीप्रति जनतासंग क्षमा याचना गर्दा पनि केही बिग्रदैन । हरेक बस्तु र घटनालाई द्वन्दवादी दृष्टिकाणले हेर्दछन् । माओवादी जनयुद्धलाई पनि द्वन्दवादी दृष्टिकोणले मुल्यांकन एकदिन अवश्य मुल्यांकन हुनेछ । एमालेले झापा आन्दोलनको सबल र दुर्बल पक्षको लेखाजोखा धेरै पहिले नै गरिसकेको छ ।

निर्मल भट्टराई

माओवादीले युद्ध छोडेर शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिमा आएको एक दशक भइसक्यो । माओकालीन चिनियाँ राजनीति र बर्तमान नेपाली राजनीतिमा कुनै साइनो र समानता छैन । हुनेवाला पनि छैन । माओका विचार अबको राजनीतिका लागि सन्दर्भ सामग्रीमात्र हो । त्यो विचार नेपाली बाम आन्दोलनको “कोर्स बुक”हुन सक्दैन । नेपाली धरातलीय यथार्थसंग मेल खाने वाद, सिद्धान्तले मात्र हाम्रो सही भविश्यको रेखा कोर्न सक्छन् ।

वैचारिक हिसाबले प्रचण्डको “अग्रगामी छलाङ्”भन्ने शब्दावली निकै प्रसिद्ध छ । राजनीतिक हिसाबले ओलीको आक्रमक यात्रा त्योभन्दा बढी लोकपृय छ । उनीहरुले संयुक्त रुपमा हालसालै हस्ताक्षर गरेको एक दस्तावेजमा भनिएको छ, “लोकतन्त्र हाम्रो अभ्यास, आचरण र जीवन पद्धति हो, हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन र हामीभन्दा बढ्दा लोकतान्त्रिक भएर हामीलाई लोकतन्त्रको प्रमाणपत्र दिने हैसियत कसैसँग पनि छैन । हामी चुनौतीका साथ भन्न चाहन्छौं, कोही छन् भने लोकतन्त्रको प्रश्नमा हामीसँग प्रतिष्पर्धा गर्न आउन, हामीलाई उछिन्न त के पछ्याउन मात्र पनि सक्ने छैनन् । त्यसैले संकिर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सिर्जना गरिएको कम्युनिष्ट तानाशाहीको प्रायोजित प्रचारबाट प्रभावित नहुन, त्यस्तो प्रचारबाट कुनै पनि किसिमले भ्रम र त्रासमा नपर्न सम्पूर्ण पार्टी सदस्यहरु र आम जनतालाई अपील गर्दछौं”

यसबाट नेपालका बामपन्थी दलहरु पूर्ण लोकतान्त्रिक छन् र उनीहरुमा अधिनायकवादको कुनै गन्ध छैन भन्ने प्रष्टमात्र गरेको छैन, एकतापछि बन्ने पार्टीको सैद्धान्तिक बटमलाईन समेत प्रस्तुत गरेको छ । माक्र्सको द्वन्दात्मक भौतिकवादी दृष्टिकोणको आधारमा बस्तुनिष्ठ र लोकतान्त्रिक विधिमार्फत् एमाले र माओवादी केन्द्र एकतामा रुपान्तरण हुन सके नेपाली लोकतन्त्रलाई कसैले धावा बोल्न सक्ने थिएन । समाजवादको यात्रामा विलम्व हुने थिएन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।