उपेन्द्र यादवलाई स्थानीयले बाहिरको उमेरद्वार भनेपछि यसरी नागरिकता नै सार्बजनिक गरे

सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गराएका छन् ।

उनले नागरिकता सार्वजनिक गराएपछि सो विषयले निकै चर्चा पाएको छ । सुनसरीका स्थायी निवासी भनिएका यादवले सप्तरीबाट चुनाव लड्ने घोषणा गरेसँगै उनी बाहिरको उम्मेदवार भएको टिकाटिप्पणी शुरु भएको थियो ।

यसअघि मोरङ र सुनसरीबाट संविधानसभा चुनाव जितेका यादवले यसपटक सप्तरी रोजेपछि स्थानीयस्तरमा त्यसको आलोचना भएको थियो । स्थानीय नेता त चुनाव जितेर फर्किँदैनन् बाहिरको नेता झन् जनताकहाँ चुनाव जितेपछि नआउने भन्दै उनीप्रति टिकाटिप्पणी हुँदै आएको थियो । यही बीचमा उपेन्द्र यादव पनि सप्तरीकै भएको भन्दै कार्यकर्ताहरुले प्रचार गर्न थाले ।

‘उपेन्द्र यादव बाहिरको नेता होइन, सप्तरीकै नेता हुन् भन्दा पनि सप्तरीका जनताले पत्याइ रहेका थिएनन्’, एक कार्यकर्ताले भने, ‘ त्यही कारण उहाँले नागरिकता सार्वजनिक गराउनु भएको हो ।’

हुन पनि उनले सार्वजनिक गरेको नागरिकतामा स्थायी ठेगाना सप्तरी नै उल्लेख छ ।

नागरिकतामा जन्मस्थान भगतवुर, सप्तरी लेखिएको छ भने स्थायी वासस्थान सुनसरी, मधुवन उल्लेख गरिएको छ । आफूलाई सप्तरीकै भनेर मतदातालाई बुझाउन र विस्वास दिलाउनको लागि उनले सुझबुझका साथ नागरिकता सार्वजनिक गरेको बुझिन्छ ।

यादवले आफ्ना पार्टी निकट संगठनमा आवद्ध पत्रकार वैद्यनाथ यादवको फेसबुकमार्फत नागरिकता सार्वजनिक गराएको बताइएको छ ।

तर नागरिकतामा जन्मस्थान सप्तरी भएपनि उनी टुरिस्ट उम्मेदवार भएको भन्दै टिप्पणीहरु भइरहेकै छन् ।

यसो त उनको स्थायी ठेगाना सुनसरी भनिए पनि स्थायी रुपमा मोरगंको विराटनगर बस्ने गर्छन् ।

उनी राजनीतिक भेटघाटका लागि मात्रै कहिलेकाहिँ सुनसरी र सप्तरी जाने गरेका छन् ।

यादवले पहिलो संविधानसभा चुनाव मोरगं र सुनसरीबाट जितेका थिए भने पछि मोरलाई छाडेर सुनसरी रोजेका थिए । दोस्रो सविधानसभा चुनावमा पनि उनी मोरङ र सुनसरी दुवै ठाउँबाट उम्मेदवार भएका थिए । तर सुनसरीबाट विजयी भएका थिए ।

अहिले उनले मोरङ र सुनसरी दुवैलाई छाडेर सप्तरीलाई राजेका हुन् । स्थानीय तहको चुनावमा मोरङ र सुनसरीमा पार्टीले राम्रो गर्न नसकेको कारण हार्ने आशंकामा उनले सप्तरी रोजेको फोरम निकट स्रोतले जनाएको छ ।

एक नम्बर प्रदेशमा रहेको मोरङ र सुनसरी भन्दा दुई नम्बर प्रदेशको सप्तरीमा सो पार्टीको राम्रो संगठन गरेको छ । स्थानीय तहको चुनावमा दुई नम्बर प्रदेशबाट फोरम नेपालले दोस्रो स्थान ल्याएको छ ।

यादव चुनाव लडेकै क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका उमेश यादवले उम्मेदवारी दिएका छन् भने राजपा नेपालकै जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । ,त्यस्तै काँग्रेसबाट सकलदेव सुतियारले उम्मेदवारी दिएका छन् । यीमध्ये उमेश यादव र उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।- रातोपाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।