ठूला भ्रष्टहरुलाई सर्वोच्चले उमुक्ति दिदै गएपछि रविले पोखे यस्तो आक्रोश
सर्वाधिक लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासंगले नेपालीहरुलाई एउटा नयाँ आशाको किरण देखाउन सफल भएको छ । लगभग एक बर्ष पुग्न लागेको उक्त कार्यक्रमको लोकप्रियता रातदिन बढ्दो छ । आजको भागमा रविले उठाएको होराइजन अपार्टमेन्टबारे उनले राखेको बेजोड धारणा यस्तो छ :-
पार्क भ्यू होराइजन अपार्टमेन्ट अहिले हरियो डोरीले घेरेर ठडिएको साढे २ वर्ष भइसक्यो न त यो भत्किन सकेको छ न त यसको पुर्ननिर्माण नै शुरु भएको छ । अपाटमेन्ट किनेकाहरुले न बस्न पाएका छन्, न बेच्न पाएका छन् न त पैसा फिर्ता नै पाएका छन् ।
यस अपार्टमेन्टभित्र २ सय १२ युनिट थिए । र, ८० लाखदेखि ५ करोडसम्म लगानी गरेर बसेकाहरुलाई दुई बर्ष वित्यो न त बस्ने ठाउ“ दिएको छ न त यो कहिले बन्छ भन्ने नै एकीन छ । यति मात्र होईन वर पर बस्ने सयौ परिवार डर डरले बस्न बाध्य छन् । अहिले पनि ईटा खस्छन् बिल्डिङबाट । रात भर सुत्न सक्दैन्न स्थानिय वासीहरु ।
२०७२ साल बैशाख १२ गतेकोे भूकम्पले यसलाई थिलथिलो बनायो र यसमा रातो स्टिकर लगाइयो जसको अर्थ हुन्छ यी भवनहरु बस्न योग्य छैन । भूकम्पले यसको संरचना कमजोर भइसकेको छ । तर साढे २ बर्षपछि भवनलाई रेट्रो फिटिङ गर्ने अनुमति दिएको छ तर स्थानीय आक्रोश पोख्दै भन्छन् ढल्न लागेको जोखिम युक्त भवनलाई रेट्रो फिट गरेर स्थानीयलाई त्रासमा राख्न पाइन्छ ?
वातावरणीय प्रभाव सम्बन्धी इआइए रिपोर्ट अनुसार यहा“ ११ तला बनाउने भनिएको थियो । तर पछि यो १७ तलासम्म बनाइएको भन्दै स्थानीयहरुले निरन्तर आक्रोश पोखिरहेका छन् । खासगरी सगरमाथा नाम गरेको हाउजिङ बढी ढल्केको छ । र पिलरहरु पनि भाचिएको छ । त्यस्तै यहा“ रहेका कञ्चनजंगा,अन्नपूर्ण सबै बस्न नै नमिल्ने गरी कमजोर भएका छन् । जसकारण वरिपरिका स्थानीयको मनमा भय मात्र छ र सरकारप्रति आलोचना ।
रातो स्टिकर पाएको बिल्डिङलाई कसरी रेट्रो फिटिङको अनुमति मिल्यो ? अपाटमेन्ट खरिद कर्ता प्रति किन जिम्मेवार छैन्न होराइजन अपार्टमेन्टका मालिकहरु जान्का लागि होईराजन अपार्टमेन्ट पुग्दा त्यहाँको सेक्युरेटी गार्डले् भित्र कोही नभएको बताए ।
अर्काे गेटका गार्डले भने भित्र अफिसमा भएका सर मेडमहरुसंग कुरा गर्न‘होस्। अपाटमेन्ट किन्नेहरु अपार्टमेन्ट किनेको दुई बर्ष भई सक्दा पनि आफ्नो पैसा के भयो फिर्ता हुने हो कि होईन अनविज्ञछन् । कम्पनिका तर्फबाटो कोही बोल्न मान्दैन् ।
अपार्टमेन्ट कसको नाममा छ र को हो सञ्चाल भनि अनुसन्धान गर्दा शुरुमा दर्ता हुँदा यसको सन्चालक नोपिलकुमार गुप्ता देखिन्छ । उनकै नाममा रहेको बरुण बरुण डेभलपर्स प्रा.लिको नामबाट २७ रोपनी १५ आना जग्गा खरिद भएको छ । तर, यो कम्पनी पटक पटक नाम सारि हुँदै आएको छ ।
पछिल्लो पटक पेप्सी उत्पादक कम्पनी वरुण व्रेबेज प्रालिका मालिक रविकान्त जयपुरिया, रोहित सतिशकुमार कोहोली, अमित गुप्ता र विनोदकुमार सिंहको स्वामित्वमा पार्क भ्यू होराइजन देखिन्छ । त्यसमध्ये अमित गुप्ता बरुण ब्रबेजकै कार्यालय पेप्सीकोलामा कार्यरत छन् भने अरु लगानीकर्ताहरु विरलै मात्र नेपालमा आउँछन् । तिनै अमित गुप्तालाई फोन सम्पर्क गरि होराईजन अपार्टमेन्टका वारेमा जानकारी लियौ तर उन्ले पनि आफु्नो यो अपार्टमेन्टमा कुनै संलग्नता नभएको भन्दै राजेश चन्दलाई फोन गर्न भने ।
राजेश चन्दको नम्वर माग्दा उन्ले राजेशलाई फोन गर्न लगाउने बताए । तर ५ घण्टा वितिसक्दा पनि न राजेशेको नम्वर पठाए न त उन्को फोन नै आयो । यो कम्पनीले सरासर ठगि गरिरहेको छ । अपार्टमेन्ट बेचेर आएको पैसाले यिनिहरु आफ्नो अन्य व्यापार विस्तार गरिरहेका छन् । बरुण वेब्रेज लगायतका कम्पनिहरुले नेपालमा पेप्सीसंगै केएफसी नामक विश्व प्रसिद्ध फुड चेन विस्तार गरिरहेका छन् ।
नेपालीहरुलाई डुवाएर आफ्नो ब्यापार सफल पार्ने यो खेलमा पावरको प्रयोग भएको छ । त्यसैले न यिनिहरुलाई कार्वाही् हुनुको साटो दुई बर्ष वितिसक्दा पनि उन्मिुक्ती पाईरहेका छन् । यस्तो लाग्छ पैसाको आडमा यिनिहरु सवलाई किन्न सक्छन् । देशमा यदि कानुनी राज्य छ भने यि बिल्डिङ तुरुन्त भत्काई नयां बनाउनु पर्छ र अपार्टमेन्ट किनेकाहरुको पैसा ब्याज सहित फिर्ता दिनु पर्छ ।
हेर्नुस आजको दमदार एपिसोड
चुडामणि शर्मा , गोपाल खड्का , डोलिन्द्र शर्मालाई उमुक्ति दिने अदालतले जनतालाई छक्क पर्दै फर्जी मेडिकल कलेजको सम्बन्धन खारेज सरकारको निर्णयलाई अदालतले रोकेपछि यस्तो आक्रोश पोखे ।
पार्क होईराजन अपार्टमेन्ट ढल्ने अवस्थामा, सञ्चालको भागाभाग । साउदीमा १७ बर्ष कमाएको पैसा यसरी ठगियो यस्तो हृदय विदारक घटना ।
न्युज२४बाट


