नेता अधिकारीले भने,- ‘काँग्रेस बोक्नु सत्यदेवीको लास बोक्नु जस्तो’

गोरखा । बाम गठबन्धनका गोरखा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हरीराज अधिकारी (कुमार) ले काँग्रेसलाई बोकेर हिँड्दा सत्यदेवीको लास बोकेको जस्तो भएको बताएका छन् ।

सुध्रिन्छ की भनेर कहिले एमाले , कहिले माओवादी मिलेर पालैपालो बोक्दा पनि काँग्रेस सुध्रन नसकेको उनले आरोप लगाए ।  बाम गठनबन्धन गोरखाले ताप्लेमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता अधिकारीले यस्तो बताएका हुन् ।

परिवर्तनका पक्षमा अलिकति काम गर्न खोज्यो पछि हटिहाल्ने’ उनले भने, ‘नयाँ ढंगले काम गर्न काँग्रेसले नमानेको नेता अधिकारीको भनाई छ । काँग्रेसको कुनै पनि अडान नभएको उनले बताए । शेर बहादुर काँग्रेस सक्न लागि परेको बताउँदै दिल्ली गएर आएपछि संविधान संशोधन प्रस्ताव पेश गरियो पास भएन, फेरि दिल्लीलाई अर्को संशोधन ल्याएर पास गर्ने बचन दिए यसरी काँग्रेस सकिँदै गएको उनको कथन थियो ।

संविधानमा २५ भन्दा बढी मन्त्री बनाउन नपाईने भएपनि ६४ बनाए, किन यस्तो गरेको भनेर सोध्दा अझै थप्छु भन्ने लाजमर्दो  काम गरेको उनले बताए । काँग्रेसमा असल नेता थोरै मात्रै रहेको बताउँदै अधिकांश भ्रष्टचारी रहेको र काँग्रेसको पेशा नै भ्रष्टचार भएको बताए ।

विकल्प नभएपछि देश र जनतालाई अगाडि बढाउन बाम गठबन्धन बनाई अगाडि बढेको उनले भने । स्थानीय तहको निर्वाचन माओवादीले हार्छ भन्ने थाहा हुँदा हुँदै पनि प्रचण्डले चुनाव गराएको भएपनि अहिले ठूला घटनाहरु गराएर देउवाले  चुनाव टार्न खोजेको अधिकारीले जिकिर गरे ।

‘काँग्रेसले हार स्वीकार गर्नुको सट्टा विभिन्न बहानामा वातारण विथोल्नतिर लागि परेको छ ।  कामकाजी सरकारले महत्पूर्ण काम समेत गर्न नसक्ने अवस्थामा कमल थापालाई उप्रधानमन्त्री बनाएर हिजोका पूराना धारसँग सम्झौता गर्न लागेको बताउँदै उनले भने, ‘काँग्रेस यतिबेला अतालिएको छ ।

प्रदेशमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसद रहने र यसले ५ वर्ष सम्म सत्ता सञ्चालन गर्नेछ । अवको पाँच वर्ष काँग्रेसको सरकार नबन्ने उनले दावी गरे ।

सत्ता नभएको काँग्रेस पानी विनाको माछा जस्तै हुन्छ ।  काँग्रेसको प्रधानमन्त्री, अर्थमन्त्री हुँदा कहिल्यै पनि सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलव भत्ता वृद्धि नभएको दावी गर्दै कम्युनिष्टहरुको सरकारले मात्र जनजीविकासँग सम्बन्धित कार्य गर्न सक्ने उनले बताए ।

उम्मेदवार समेत रहेका  अधिकारीले भने, ‘नेपाली काँग्रेसका सदावहार नेतालाई हेर्नुहोस, २५ वर्षसम्म सत्तामा रहँदा गोरखालाई के दिए ? गोरखा त उहाँको घर आउने जाने बाटो मात्र भो । आफ्नै गाउँ आरुघाटको हालत निक्कै दयनिय छ ।’ रातोपाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।