झिकियो गुण्डाको सूचीबाट मिनकृष्ण महर्जनको नाम !

काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी गर्नेहरुको सूचीबाट मीनकृष्ण महर्जनको नाम हटाएको दृष्टी न्युजमा खबर छ । नेपाल प्रहरीले मष्ट वान्टेड गुण्डाहरुको सूचीमा अग्रपंक्तिमा राखेका महर्जनको नाम अर्थराज्यमन्त्री उदयशमशेर राणाको दबाबमा हटाइएको स्रोतले बताएको छ । काठमाडौं उपत्यकामा १ सय ९० जना गुण्डागर्दीमा संलग्नहरुको सूची प्रहरीले तयार पारेको थियो । त्यो सूचीबाट महर्जनको नाम हटाइएको स्रोतले बताएको छ ।

गुण्डा नेपाली कांग्रेसले गुण्डागर्दीमा संलग्न महर्जनलाई ललितपुर क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसकै रुख चिन्ह लिएर अर्का डन गणेश लामा काभ्रेमा प्रदेश सभा उम्मेदवार भएका छन् ।

ललितपुरको ठेक्कापट्टामा एकाधिकार बनाएका महर्जनको प्रभाव क्षेत्रमा दाबी गरेपछि बाहुन डन र मिनकृष्ण महर्जनबीच विवाद बढ्दैआएको थियो । चक्रपथ निर्माणका लागि क्रसर उद्योग खुल्ने भएपछि त्यसको आम्दानीमा कुरा नमिलेपछि रमेश बाहुनले डन मीनकृष्ण महर्जनमाथि २०७० माघ ६ मा धापाखेल हाइटमा गोली प्रहार गरेका थिए । कमिसन भागबन्डामा कुरा नमिलेपछि रमेश बाहुन उर्फ सुजन पौडेल समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

महर्जनसँगै रहेका मिलन सिलवाललाई पनि गोली लागेको थियो । ललितपुरको क्रसर उद्योग र सडकको ठेक्काका बिषयमा भागबण्डा नमिलेपछि रमेश बाहुन र मीनकृष्ण महर्जनबीच विवाद भएको थियो । ललितपुर निर्माण ब्यवसायी महासंघका तत्कालीन अध्यक्ष सानुकान्छा तामाङसँग मीनकृष्ण महर्जनले एक्लै डनको हिस्सा खाएकोमा पनि उनीहरुबीच विवाद चल्दैआएको थियो । यही विवादका बीचमा गोली हानाहान भएको थियो । तर तिनै डन महर्जनलाई कांग्रेसले उम्मेदवार बनाएपछि उनको नाम गुण्डाहरुको सूचीबाट हटाइएको छ ।

महर्जन र राज्यमन्त्री राणाबीच सुमधुर सम्बन्ध नभए पनि अहिले प्रदेशसभाको टिकट बितरणमा त्यसमा सुधार आएको छ ।

महर्जनले आफूलाई गोली प्रहार गर्ने बाहुन डनलाई उदयशमशेरले संरक्षण गरेको आरोप लगाएका थिए ।

महर्जनमाथि गोली प्रहार गर्ने बाहुन डन २०७० देखि जेलमा छन् । उनी लागूऔषध काण्डमा जेल संजाय भोगिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।