मिल्यो भक्तपुरमा वाम गठबन्धनको कुरा !
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा मा एमाले– माओवादी केन्द्रबीच उम्मेदवारको बिषयमा भएको विवाद मिलेको छ ।
भक्तपुरको विवाद मिलेपछि अब वाम गठबन्धनका बीच कुनै पनि ठाउँमा समस्या नभएकाले एकमना एकताका साथ चुनावमा जाने एमालेका युवानेता महेश बस्नेतले आज रफत संचार क्लव भक्तपुरमा आयोजित कार्यक्रममा बताएका छन् । सो क्षेत्रमा एमालेको तर्फबाट जिल्ला सचिव हरिशरण लामिछाने र माओवादी केन्द्रका देवीप्रसाद ढकालको उम्मेदवारी परेको थियो ।
एमालेले उदयपुरमा माओवादी केन्द्रलाई सघाउने निर्णय गरेपछि भक्तपुरमा माओवादीले एमालेलाई सघाउनका लागि तयार भएको छ । उदयपुरमा एमालेका नेता जगन्नाथ खतिवडाले दिएको उम्मेदवारी आइतबारै फिर्ता लिएका छन् । उदयपुरमा माओवादीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सुरेन्द्र राईलाई सघाउने सहमति भएको छ ।


