माओवादी आतंकमा आफन्त गुमाएका बाँदरमुढेका जनता अगाडि जान डराए प्रचण्ड

चितवन । कात्तिक १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराएपछि पाँच दिन जिल्लामै बिताए । कात्तिक २० गते काठमाडौं फर्कंदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए । उनको चुनावी अभियानमा असर पार्ने आकन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।

१२ वर्षसम्म पनि पुष्पकमल दाहालसँग खुलेर सिधा कुरा गर्न नपाएका बाँदरमुढे घटनापीडित उनको व्यवहारबाट फेरि झस्केका छन् । अवस्था असहज बन्दै गए चुनावी मैदानमा उत्रिएका दाहाललाई असर पर्नेछ ।

काठमाडौं गएका दाहाल चार दिन नहुँदै फेरि बिहीबार चितवन फर्केर आफ्नो चुनाव क्षेत्रमा घरदैलोमा जुटेका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले माडी क्षेत्रमा घरदैलो सुरु गर्दा दाहाल भरतपुर क्षेत्रमा व्यस्त छन् । उनी अहिले माडी जाने हुन् वा हैनन् र बाँदरमुढे घटनापीडितलाई भेट्छन् भेट्दैनन् भन्ने चर्चा फेरि सुरु भएको छ ।

उम्मेदवारी दर्तापछि दाहाल घटना भएको गाउँ माडी नपुगेका पनि हैनन् । तर माडी वसन्तपुर बजारमा रहेको ‘जनयुद्ध’ का सहिदको स्तम्भमा माला चढाएका दाहाल घटनास्थल बाँदरमुढे गएनन् । उनले माडीमा रहेका बाँदरमुढे घटनापीडितलाई पनि भेटेनन् । तर बाँदरमुढे घटनापछि दाहाल पहिलो पटक स्थलमार्ग हुँदै माडी पुगे । स्वागत गर्नेको लाम लाग्यो । विरोध कसैले गरेन । निर्वाध रुपमा कार्यक्रममा सहभागी भए उनी ।

– नागरिक दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।