झापा पुगेका ओलीले भने,- एमाले-माओवादीबीच पार्टी एकीकरणको कुनै कार्यक्रम छैन

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

मंसिर ९ गते पार्टी एकीकरण गर्ने समाचार सामाजिक सञ्जालमा आएपछि झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले त्यस्तो कार्यक्रम नभएको बताए ।

‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन,’ ओलीले भने, ‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन्, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’

उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दाबी गरे ।

ओलीले नेपालको अर्थतन्त्र नबुझे अर्थशास्त्रीहरुले वामपन्थी सरकारकोविरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप लगाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।