रविन्द्र मिश्र माथि यस्तो आरोप लगाइएको भिडियो र अडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । विवेशील साझा पार्टीका अध्यक्ष एवम् काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बनेका रविन्द्र मिश्रविरुद्ध बनेको भिडियो र अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा मिश्रलाई राजावादीदेखि बीबीसी नेपाली सेवामा रहँदा महिला सहकर्मीलाई दुव्र्यवहार गरेको आरोप लगाइएको छ । महिला सहकर्मीहरूलाई दुव्र्यवहार गरेको अभियोगमा बीबीसीमा उजुरी परेपछि मिश्रलाई नसिहत दिइएको उल्लेख छ ।

बीबीसीले मिश्रलाई नेपाल किन पठाएको भन्दै प्रश्न समेत गरिएको छ । साथै उनलाई ईसाई धर्म र पश्चिमा राष्ट्रहरूको इच्छाअनुसार काम गरेको आरोप लगाइएको छ ।

मिश्रले बीबीसी मिडिया एक्सनको खाताबाट नक्कली हस्ताक्षर गरेर एक करोड रुपियाँ निकालेको समेत खुलासा गरिएको छ । पैसा निकाल्नेमा कार्की थर गरेका लेखापाललाई मिश्रले साथ दिएको आरोप छ । कार्की र मिश्रको नाताले के पर्छन् भनेर प्रश्न गरिएको छ ।

नेपालका राजनीतिक दलका नेताहरूलाई आफ्ना छोराछोरी सरकारी स्कूलमा किन पढाएर निजी स्कूलमा पठाएको भनेर आरोप लगाई रहने विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले आफ्ना छोराछोरीहरूलाई राजधानीको सबैभन्दा महँगो स्कूल रातो बंगला र अमेरिकामा पढन पठाएको समेत भिडियोमा खुलासा गरिएको छ ।

‘हेल्प नेपाल नेटवर्क’ नामक एनजिओमार्फत पश्चिमा राष्ट्रहरूबाट थुप्रै सहयोग रकम ल्याएर खाडी र मलेसिया बस्ने नेपालीका लागि केही पनि नगरेको आरोप मिश्रलाई लगाइएको छ । मिश्रले ‘रातो बंगला फाउण्डेशन’लाई ‘हेल्प नेपाल’को खाताबाट एकमुष्ट ठूलो रकम सहयोग गरेको पनि खुलासा गरिएको छ ।

नेपालमा राजनीति गर्न अमेरिका, युरोप र अष्ट्रेलियामा बस्ने नेपालीहरूसँग पैसा किन मागेको भनेर सो भिडियोमा प्रश्न गरिएको छ । नेपालको राजनीति गर्ने भए आफै पैसा संकलन गर्नुपर्ने सुझाव दिइएको छ ।

बीबीसी नेपाली सेवामा कार्यरत रहेका बेला मिश्रले लोकमान सिंह कार्कीलाई समर्थन गरेर समाचार र अन्तर्वार्ताहरू सम्प्रेषण गरेको आरोप पनि लगाइएको छ । सधै संघीय लोकतान्त्रिक संविधान र गणतन्त्रप्रति नकारात्मक टिप्पणी गर्दै आएका मिश्रले नेपाल साप्ताहिकमा लगातार राजसंस्थाको समर्थनमा धेरै लेखहरू छपाएको पनि भिडियोमा उल्लेख गरिएको छ ।

विवेशील पार्टीसँग पार्टी एकीकरण गर्नुअघि मिश्रले आफ्नो साझा पार्टीलाई कमल थापा नेतृत्वको राप्रपासँग पार्टी एकीकरण गर्न खोजेको खुलासा पनि गरिएको छ । मिश्रले कमल थापासँग महामन्त्री पद मागेका थिए ।

तर, कमल थापाले महामन्त्री पद दिन अस्वीकार गरेपछि रातारात विवेशील पार्टीसँग पार्टी एकीकरण गरेको आरोप पनि सो भिडियोमा रहेको छ । – श्रोत: नेटपत्रिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।