बिदेशिएका ४० लाख युवालाई स्वदेश फर्काउने छौं : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि बन्ने वाम सरकारले रोजगारीका लागि खाडी लगायत बिभिन्न देशमा गएका ४० लाख युवालाई स्वदेश फर्काउने बताउनु भएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेको गोरखाको क्षेत्र न. २ मा आयोजित चुनावी सभालाई बुधबार संवोधन गर्दै उहाँले देशमै उद्योग खोली रोजगारी सृजना गर्ने बताउनु भएको हो । चुनावी सभालाई एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवोधन गर्नुभएको थियो ।

‘निर्वाचनपछि वाम गठवन्धनको सरकार बन्छ । हामी बिदेशमा श्रम गरिरहेका हाम्रा ४० लाख युवालाई स्वदेश फर्काउने छौं । यहाँ उद्योग खोली रोजगारी सृजना गर्नेछौं’ उहाँले गोरखामा वाम उम्मेद्वार जिताउन आग्रह गर्दै भन्नुभयो ।

उहाँले वाम तालमेलबाट एमाले र माओवादी केन्द्रका केही साथीहरुलाई असजिलो उत्पन्न भएको हुनसक्ने भन्दै तर देशको बिकास र समृद्धिका लागि त्यस्ता सानातिना बिषयमा अल्झिनु नहुने बताउनु भएको हो । ‘को एमाले, को माओवादी केन्द्र होइन, वाम उम्मेद्वारलाई मत हाल्नुहोस, जिताउनुहोस, देशलाई बिकास र समृद्धितर्फ अघि बढाउनुपर्छ । त्यो वाम गठबन्धनले मात्र गर्न सक्छ’ उहाँले भन्नुभयो । सभालाई ओलीले सुरुमा संवोधन गर्नुभएको थियो भने दाहालले अन्तिममा संवोधन गर्नुभयो ।

दाहालले वाम गठवन्धनका उम्मेद्वार श्रेष्ठलाई जिताउन आग्रह गर्दै कांग्रेसको समर्थनमा प्रतिस्पर्धामा उत्रेका नयाँशक्तिका बाबुराम भट्टराईलाई ‘पढेको तर बुद्वी नभएको र पढेको प्रयोग गर्न नसक्ने’ भन्दै कटाक्ष गर्नुभयो ।

माओवादी पार्टीमा प्रबेश गर्न आफुले बारम्बार आग्रह गर्दा पनि नमानेर अहिलेको परिस्थिति निर्माण भएको भन्दै भट्टराईबाट राष्ट्रले केही पनि अपेक्षा गर्न नसक्ने बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।