धनकुटा क्षेत्र नम्बर २ अन्तरगत भस्मे र वेतेमा संयुक्त बाम गठबन्धनको सभा

धनकुटा । आसन्न प्रदेशसभा निर्वाचनलाई लक्षित गरी संयुक्त बाम गठबन्धनले आज धनकुटा क्षेत्र नम्बर २ अन्तरगत छथर जोरपाटी गाउँपालिकाका दुई स्थानमा वडासभा गरेको छ ।

गठबन्धनले छथर जोरपाटी–१ बेते र २ भस्मेमा वडासभा गरेको हो । कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेद्वार इन्द्रमणी पराजुलीले गाउँको विकासका लागि बाम गठबन्धनलाई जिताउँन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा एमाले नेता शिव आङ्ला, शेरबहादुर लिम्बु, उमेश घिमिरे, माओवादी केन्द्रका नेता सन्देश क्षेत्री, गीता खेवा, सर्मिला राई लगायतले संबोधन गरेका थिए ।

बक्ताहरुले बाम गठबन्धको जितले मात्र गाउँ देखि सहरसम्मको विकास सम्भव हुँने धारणा राख्दै बाम गठबन्धनलाई जिताउँन सवैमा अपिल गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।