धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन पहल गर्ने लोकतान्त्रिक गठवन्धनको प्रतिवद्धता
धनकुटा खबर । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन पहल गर्ने प्रतिवद्धताका साथ आज संयुक्त लोकतान्त्रिक गठवन्धनले धनकुटाको पाख्रीवास नगरपालिकाको तल्लो सान्ने र माथिल्लो सान्नेमा चुनावी घरदैलो तथा कोणसभा सञ्चालन गरेको छ ।

प्रदेशसभा सदस्य उम्मेद्धार अर्जुन थापा सहितको टोलिले प्रदेश र प्रतिनीधि सभा सदस्य निर्वाचनमा आफ्नो गठवन्धनले जिते धनकुटालाई स्थायी रुपमा प्रदेश नं १ को राजधानी वनाउने वताउदै तल्लो र माथिल्लो सान्नेको स्थानीयको घरघरमा पुगी संयुक्त लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउन मतदाता समक्ष आह्वान गरेका छन् ।
घरदैलो पछिको कोणसभालाई प्रदेशसभा सदस्य उम्मेद्धार थापा, नेपाली कंग्रेसका जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्ग, लोकतान्त्रिक गठवन्धनका जिल्ला सहसंयोजक एवम् राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका जिल्ला उपाध्यक्ष कृष्ण वहादुर थापा लगायतकाले सम्वोधन गरेका थिए ।


