चुनावीसभामै सीता भक्कानिँदा प्रचण्डको पनि मन थामिएन !

काठमाडौँ, मङ्सिर ६ । पुत्र वियोगमा रहेकी सीता र पति वियोगमा रहेकी विना पूरै समय कार्यक्रमस्थलमा बस्न सकेनन् ।

मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा काठमाडौंस्थित निवासमा आमा सीता र छोरा प्रकाश थिए । तर, छोराको निधनपछि सीतालाई छाडेर प्रचण्ड कार्यक्रममा जान सकेनन् । प्रचण्ड र सीतासँगै छोरी–बुहारी पनि गृहजिल्ला चितवन पुगेका थिए ।

११ बजे सुरु हुने भनिएको सभा तीन घन्टा अबेर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । उपस्थित समर्थकलाई अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्डपत्नी तथा प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् ।

प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन् ।

प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन् ।

प्रचण्डले सीतालाई सम्हाल्न निकै प्रयत्न गरे, तर उनी आफै पनि असहाय देखिन्थे । प्रचण्डको जोड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी छोरी रेणु (जो भरतपुर महानगरकी मेयर पनि हुन्) अघि बढिन् । आमालाई सम्झाउन उनलाई पनि गाह्रो परिरहेको थियो ।

मञ्चको तल्लो भागमा प्रकाशको ठूलो तस्बिर राखिएको थियो । तस्बिरमा सबै अतिथि र परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए । तर, परिवारका सदस्यले तस्बिर भने हेर्न सकेनन् ।

पुत्र वियोगमा रहेकी सीता र पति वियोगमा रहेकी विना पूरै समय कार्यक्रमस्थलमा बस्न सकेनन् । बीचमै उनीहरू मञ्चबाट बाहिरिए । प्रचण्डले पनि कार्यक्रमलाई सम्बोधन गरेनन् ।

बरु उनले रौतहटको चन्द्रपुरमा भएको बम विस्फोटमा परी घाइते भएकालाई भरतपुर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।