सुनिल थापालाई देखेपछि सुर्य बहादुरको संझना गर्दै यसरी भाबुक बने जनता – हेर्नुहोस् भिडियो
‘बाबुले जस्तै बिकास गर्न आएको छु’ : सुनिल
‘बाबुले जस्तै बिकास गर्न आएको छु’ : सुनिल
धनकुटा । ‘बाबुले जस्तै बिकास गर्न आएको छु आमा !’– लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनीधि सभाका उमेद्वार सुनिल बहादुर थापाले धनकुटाको चौबिसे क्षेत्रका घर–घरमा यसरी भोट माग्दै हिंड्दा धेरैले अचम्म माने त कतिले दयालु भावले ‘हुन्छ नि नानी’ भने ।
चुनावी रौनकका कारण आजकल गाउँगाउँमा नाम मात्र सुनेका नेता देखि नौलो मानछेहरु पुग्दा धनकुटाका हरेक गाउँमा चुनावी रौनकता छाएको छ ।
कतिले काने खुशी गर्दै भन्दै थिए–‘ठ्याक्कै बाउ जस्तै पो रैछ ।’ यूवाहरु सबै चुनावी कार्यक्रममा गएको भएपनि बाँकी भएका बुढापाकाहरु भने सूर्य बहादुर थापा आए झैं महसुस गरेको भानमा देखिन्थे ।
यहि चुनावी अभियानमा चौबिसे क्षेत्र गएका थापाले उक्त क्षेत्रको चौतर्फी बिकासमा आफूले सकेको योगदान गर्ने थापाले सबैलाई बताए ।
उनले भने–‘म मेरो बुवा जस्तै धनकुटाको बिकासमा लागिरहेछु । गोलाकार भित्रको हलोमा भोट दिएर फेरी सेवा गर्ने मौका दिनुहोस् ।’
घरदैलो कार्यक्रममा क्षेत्र नं.१ बाट प्रतिनीधि सभाका लागि गठबन्धनका तर्फबाट साझा उमेद्वार मनोहर नारायण श्रेष्ठले आफू बिजयी भएमा चौबिसे क्षेत्रको पर्यटन शिक्षा,सडक तथा खानेपानी लगाएतका बिकासका काममा आफ्नो साथ रहने बताए ।
बुढिमोरङ्ग र फक्सिवका बिभिन्न ४ स्थानमा गरिएको कोणसभामा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी पौड्ल,क्षेत्रीय सभापति जितेन्त्र रुम्दाली,जिल्ला सचिव बिजय सन्तोषी राई,राप्रपाका जिल्ला उपाध्यक्ष यज्ञ बहादुर कार्की लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।
सुनिल थापालाई देखेपछि सुर्य बहादुरको संझना गर्दै यसरी भाबुक बने जनता – हेर्नुहोस् भिडियो


