बाम गठबन्धको बुधुकमा बृहत सभा

धनकुटा खबर । बाम गठबन्धनले मौनाबुधुकमा बृहत् संयुक्त चुनावी आमसभा गरेको छ ।

गठबनधनका प्रतिनीधि सभा र प्रदेश सभाका उमेद्वारहरुको क्षेत्र नं.१ अन्तर्गतको बिभिन्न स्थानको चुनावी सभाहरु सकेपछि उक्त आमसभाको आयोजना गरेको हो ।

आसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य हेमराज भण्डारीले गणतन्त्र र संविधान सभाको कुरा गर्दा टाउकाको मूल्य तोक्ने वर्तमान लोकतान्त्रीक शक्तिहरुबाट देशको बिकास सम्भव नभएको बताए ।

पछिल्ला समयमा एमाले र माओवादी सरकारमा पुगेर गाबिस,नगरपालिकाको बजेट बढ्नु, बृद्धा भत्ता बढ्नु, आर्थिक बृद्धिदर बढ्न,यूवा स्वारोजगार र गाउँगाउँमा सहकारी बिस्तार गर्नु यसको उदाहरण रहेको भण्डारीले बताए ।

त्यस्तै कार्यक्रममा नेकपा उमालेका केन्द्रिय सदस्य डाक्टर बिजय सुब्बा बाम गठबन्धनका साझा उमेद्वार राजेन्द्र राईले सम्बोधन गरेका थिए ।

आसभालाई सम्बोधन गर्दै राईले प्रदेश सभाको दुई तिहाई बहुमतले राजधानी तोक्ने संविधानमा ब्यबस्था भएकोले धनकुटालाई राजधानी बनाउन आफूलाई मतदान गर्न आग्रह गरे । उनले भने–‘दुईतिहाई बहुमत हाम्रो मात्र पुग्छ त्यसैले त्यसमा एक मत थप्न मलाई जिताउनुहोस् ।’

उक्त आमसभामा प्रदेश उमेद्धार निरन राई, नेकपा एमालेका पूर्व सभासद् टिकाराम चेम्जाङ,सचिव सुरेन्द्र पौडेल,नेकपा माओवादीका कार्यवाहक ईन्चार्ज उज्ज्वल किराती(गणेश),सह संयोजकहरु सन्देश बिहानी,ऋषिराम ढुंगाना तथा केन्द्र र प्रदेशका सभानुपातिक उमेद्वारहरुको उपस्थिती रहेको थियो ।

नेकपा एमाले चौबिसे गाँपालिका वडा नं.७ का ईन्चार्ज तथा एमाले जिल्ला कमिटी सदस्य धनबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न उक्त सभामा समानुपातिक उमेद्धारहरु सुष्मा किरानी,जुली कुमारी श्रेष्ठ,हिमा बस्नेत,स्मिता रिौला,बिनाराईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लिम्बु जितिको साँस्कृतिक झाँकीको साथमा राष्टिय कलाकारहरु साजन राई र सिला राईले साँगितिक मनोरन्जन दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।