गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छ : डा. भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले वामगठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिका– १ मा आज आयोजित कोणसभामा उहाँले भन्नुभयो — “नेपाली काँग्रेसको नेतृत्वको सरकार हुँदा भ्रष्टाचार बढेको र विकासका काममा अवरोध आएको मात्र नभइ राष्ट्रियता खतरामापर्ने स्थिति भएकाले अब वामगठबन्धनबाट राष्ट्रियता संरक्षण हुन्छ ।”

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई डा भट्टराई र काठमाडौं क्षेत्र नं ४ प्रदेशसभा (ख) का उम्मेदवार कुसुमकुमार कार्कीले स्वागत गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।