साँगुरीगढीका जनताले गरे लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने उद्घोष

धनकुटा । यही मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा साँगुरीगढी गाउँपालिकाका जनताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने उद्घोष गरेका छन् ।

साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभामा सहभागी जनताले धनकुटाको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएकाछन् । उनीहरुले धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन, साँगुरीगढीको विकास र यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका हुन् ।

आज साँगुरीगढी गाउँपालिका स्थित महाभारतको केरावारीमा आयोजित चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापाले साँगुरीगढी गाउँपालिकामा भएका पर्यटीय स्थाको विकासका लागि आफुले जस्तोसुकै काम गर्न तयार रहेको बताउनुभयो ।

उद्योगमन्त्री समेत रहेका थापाले एमाले भित्रभित्रै कुहिएको आलु भै सकेको र जनताको बिश्वास गुमाइसकेको भन्दै यो पटक धनकुटामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रेका बताउनुभयो । उहाँले लोकतानित्रक गठबन्धन प्रति जनताको विश्वास रहेकाले पनि लोकतान्त्रिक गठबन्धनमा जनताको आकर्षण बढेको बताउनुभयो ।

मन्त्री थापाले दोस्रो संविधान सभाको निर्वाचनमा आफुलाई एमाले र माओवादीले नै भोट दिएर जिताएकाले यो पटक पनि त्यसरी नै एमाले र माओवादीको मतले आफु विजयी हुने दावी गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं क मा उम्मेदवार मनोहर नारायण श्रेष्ठले साँगुरी गढीको विकासका लागि यसअघि पनि र अहिले पनि लागि परेकाले लोकतान्त्रक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।

उहाँले लोकतान्त्रिक शक्तिले जिते मात्र समग्र धनकुटाको विकास सम्भव भएको बताउनुभयो । सो अवसरमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बलबहादुर राई, नेपाली कांग्रेसका नेता अजित नारायण सिंह थापा, लोकतान्त्रिक गठबन्धनका प्रवक्ता तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, समानुपातिक उम्मेदवारहरु कमोड फागो, प्रमिला राई लगायतले लोकतान्त्रिक गठबन्धनले मात्र धनकुटालाई १ नम्वरको प्रदेशको राजधानी बनाउन सक्ने र धनकुटाको विकास र समृद्धि तथा स्वरोजगारको जग हाल्न सक्ने भएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई भोट दिई विजयी गराउन आग्रह गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।