कांग्रेस नेता ज्ञानबहादुर गुरुङको अपिल : धनकुटामा सुनील थापाको अर्को विकल्प छैन (भिडियो सहित)

धनकुटा । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा सुनीलबहादुर थापाको पक्षमा जनलहर बढ्दै गएको छ । स्थानीय तहमा आएको मतका आधारमा वाम गठबन्धनले सजिलै जित्छौ भनिरहेका बेला थापाको पक्षमा जनलहर उर्लिएको छ ।

धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाका गत स्थानीय तहको निर्वाचनमा एमालेले जित हात पारेको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उपमेयर उठेका ज्ञानबहादुर गुरुङले स्थानीय तहको निर्वाचनलाई हेरेर प्रतिनिधि सभासँग तुलना गर्न नहुने बताउँछन् ।

उनले धनकुटा खबरसँगको कुराकानीमा लोकतन्त्रको रक्षार्थ धनकुटामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेको पतिनिधि सभामा सुनीलबादुर थापा प्रदेशतर्फ ‘क’ मा नेपाली कांगेसका पूर्व जिल्ला सभापति तथा पूर्व सभासद् मनोहर नारायण श्रेष्ठ र ‘ख’ मा संघीय समाजवादी फोरमका नेता अर्जुन थापालाई जिताउन अपिल गरे ।

उनले धनकुटेलीको चाहना पूरा गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु धनकुटाको विकासका लागि उपयुक्त भएको उनको ठहर छ । हेर्नुस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।