प्रधानमन्त्री देउवाले संवोधन गरिरहेको सभास्थल कालिकोटमा बम विस्फोट, यस्तो छ अवस्था…
काठमाडौं, ७ मंसिर । कालिकोटमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा बम विस्फोट भएको छ ।
प्रधानमन्त्री देउवा विहीबार कालिकोटको कोटवाडा विमानस्थलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको बताइएको छ ।

स्थानीय पत्रकार अनिल बुढाका अनुसार विस्फोटको ठूलो आवाज आएको र केही समय भागदौड समेत मच्चिएको थियो ।
कार्यक्रममा सहभागीहरु घरघर लागेपछि काँग्रेसका चुनावी सभा प्रभावित भएको स्थानीयहरूले बताएका छन् ।
प्रधानमन्त्री कालिकोट आउँने भएपछि बुधबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएपनि कार्यक्रम स्थल नजिकै बम विस्फोटपछि सुरक्षाकर्मीहरूसमेत रणभुल्लमा परेका थिए ।


