सुतेको अवस्थामा काङ्ग्रेस कार्यकर्ता माथी बाम गठबन्धनका कार्यकर्ताद्वारा सांघातिक हमला

वाम गवठबन्धनका कार्यकर्ताहरुले नेपाली काँग्रेसका कार्यकर्ताहरुमाथी सांघातिक आक्रमण गरेका छन् । ओखलढुङगास्थित विलन्दुमा बुधवार राति चम्पादेवी ९ का वडा अध्यक्ष झम्कहरी बरालको नेतृत्वका बामगठबन्दनका कार्यकर्ता नेपाली काग्रेसका कार्यकर्तालाई आक्रमण गरि घाइते बनाएको बताईएको छ ।

मध्य रातमा घरमा सुतेको अवस्थामा नेपाली काग्रेसका वडा नं. ९ का उत्तम कार्की र दुर्गा श्रेष्ठलाई मार्ने उद्देश्यले छुरा र चुप्पीको प्रयोग गरी कुटपिट गरेका थिए।

घटना थाहा पाएका एक स्थानियले सबैलाई खबर गरेपछि उनिहरु भागेका थिए घाइतेहरुको गम्भिर भएपछि राति नै स्वास्थ्य चौकी प्रमुख मदन कार्कीले प्राथमिक उपचार गरेको थिए ।

वडा अध्यक्ष बराल, महेस सुनुवार लगायतका कम्युनिष्ट कार्यकर्ताले आक्रमण गरेकोले उनिहरुको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई विहान सवेरै हेलिकप्टरबाट काठमाडदं लगिएको जिल्ला प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले पुष्टी गरेका छन ।

घाइतेहरुको अवस्था गम्भिर भए पछि हेलिकप्टर मार्फत काठमाडौं लग्ने व्यवस्था मिलाएको निर्वतमान सासद रामहरी खतिवडाले बताए ।

घाइते भइ उद्धार गरिएकाहरुको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार शुरु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।