ओलीको भाषण सुन्न डडेल्धुरामा उर्लीयो जनसागर !

डडेल्धुरा, ७ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेताहरु चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका छन् ।

ओलीसँगै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र एमाले प्रदेश नम्बर ७ का संयोजक भीम रावल विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउँदा सदरमुकाममा हजारौं नेता कार्यकर्ताको उपस्थिती देखिएको छ ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धनका उम्मेदवारका पक्षमा माहोल बनाउन आयोजित चुनावी सभालाई ओली, बादल र रावलले सम्बोधन गर्दैछन् । चुनावी सभामा पुत्रशोकमा रहेका प्रचण्ड आउने भनिएपनि अन्तिम समयमा प्राविधिक कारणले आउन सकेनन् ।

डडेल्धुरामा वाम गठबन्धनका तर्फबाट खगराज भट्ट उम्मेदवार छन् । उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।