धनकुटामा बामहरुको बिकल्प छैन : हेमराज
धनकुटा । नेकपा माओवादीका पोलिट ब्युरो सदस्य हेम राज भण्डारीले अब देशमा बामहरुले जित्नुको बिकल्प नभएको बताएका छन् ।
बाम गठबन्धनले खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिकाको खोकुमा गरेको आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय तह र धनकुटामा बामहरुलाई जिताउनुको बिकल्प नभएको बताएका हुन्

उनले बामलाई जिताउनुको २ कारण बताउँदै भने–‘लोकतान्त्रीहरुले देशमा बिकास नगरेकै कारण अब बामलाई जिताउनुको बिकल्प छैन ।’
पहिलो कारणमा भण्डारीले वर्तमान संविधान,संभियता र सिह दरबारको अधिकार बामहरुकै संघषले आएको र बृद्धभत्ता,अपांगता,एकल महिला,कर्णाली लगाएतलाई सामाजिक सुरक्षा भत्ता,सहकारी नीति पनि एमाले÷माओवादीले नै ल्याएका हुन् ।
किसानहरुका लागि पेन्सनको परिकल्पना समेत बामहरुको कारणले आउन लागेकाले अब काम अनुसारको दाम र क्षमता अनुसारको रोजगारका लागि पनि बाम गठबन्धनलाई जिताउनु पर्ने भण्डारीको भनाई छ ।
त्यस्तै दोस्रो कारणमा भण्डारीले स्थानिय स्तर र केन्द्र र प्रदेशमा परिपुरक सरकारको लागि बामलाई भोट भनेका छन् ।

भण्डारीका अनुसार धेरै दल र धेरै पक्ष र बिपक्ष हुंदा यो भन्दा अभि ९ महिनामा ३ वटा सरकार फेरिएर देशमा बिकास हुन सकेकन ।
अर्थात् धनकुटाको सात वटै तह बामहरुले जितेकाले यहाँबाट अब पनि प्रदेश र केन्द्रमा नजिते धनकुटाको बिकास प्रभावित हुने खतरा रहेको भण्डारीको भनाई छ ।
यस अभि एमाले र माओवादीहरुले जनताका हितमा ल्याएका सुकुम्बासी आयोग,सहकारी नीति,यूवा स्वरोजगार जस्ता कुराहरु बिपक्षिहरुले प्रभावित पारेको धनकुटाको बिकासमा यस्तो हुन नदिन पनि बामहरुलाई मतदान गर्न भण्डारीले अनुरोध गरे ।
उनले भने–‘त्यसैले धनकुटाबाट राजेन्द्र,निरन र ईन्द्रमणिलाई जिताउनुको बिकल्प छैन ।’
राजतन्त्र र हिन्दुवादीहरुको साथ मिलेर बनेको सिद्धान्त बिहिन लोकतान्त्रीक मोर्चालाई मत दिनु आफ्नो जीवनको आदर्श नबेच्न पनि भण्डारीले आग्रह गरे ।
कार्यक्रममा प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राई,क्षेत्र नं. २ बाट प्रदेश सभाका उमेद्वार ईनद्रमणि पराजुली माओवादीका शिक्षक नेता भीम राई,यूवा नेता बलदिप राई लगाएतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश समिति सल्लाहाकार समिति सदस्य धर्मराज पौडेल,जिल्ला सतिव सुरेन्द्र पौडेल,माओवादी केनद्रका जिल्ला कार्यवाहक ईन्चार्ज उज्ज्वल किराती लगाएत समानुपातिक उमेद्धारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राट्रियकलाकार साजनराई र शिला राईले साँगितिक प्रस्तुति दिएका थिए ।


