लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि काँग्रेसले बहुमत ल्याउनै पर्छ : प्रधानमन्त्री देउवा

रुकुम, ७ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको चुनावीसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो —“नेपालमा डनको शासन अन्त्य गर्नका लागि पनि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्छ ।”

सभापति देउवाले अहिले लोकतन्त्रलाई नै धरापमा पार्नका लागि कम्युनिष्टले विभिन्न खालका गतिविधि सञ्चालन गरिरहकाले यसतर्फ सचेत हुन सबै मतदातालाई आग्रह गर्दै कम्युनिष्टको एकदलीय शासन लागू भएमा मान्छेले मान्छेसँग डराउनुपर्ने, त्रासमा बस्नुपर्ने, आफ्नो मागसमेत राख्न नपाउने अवस्था आउने भएकाले काँग्रेसलाई मतदान गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

आफ्नो पार्टीले अहिलेसम्म नेपाली जनतालाई कुनै पनि दुःख नदिएकाले संसारबाट फ्याँकिएको कम्युनिष्टलाई नेपालबाट पनि समाप्त पार्नुपर्ने बताउँदै उहाँले भन्नुभयो — “लोकतन्त्र नै संकटमा परेका बेला लोकतन्त्रलाई बचाउनका लागि काँग्रेसलाई विजयी गराउनुपर्छ ।”

प्रधानमन्त्री देउवाले “तपाईहरु एकदलीय कम्युनिष्ट शासन रोज्ने कि लोकतान्त्रिक समाज रोज्ने ? लोकतान्त्रिक समाज रोज्नेले काँग्रेसलाई मतदान गर्नुहोस्,” भन्दै एकदलीय सर्वसत्तावाद र कम्युनिष्ट निरंकुशता लाद्ने योजनाअनुसार वाम गठबन्धन भएको बताउनुभयो ।

“नेपाली काँग्रेसले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान गरेको पार्टी हो,” उहाँले भन्नुभयो, “राणा शासन र पञ्चायतका विरुद्ध संघर्ष गरेको पार्टी काँग्रेसको एकमात्र उद्देश्य प्रजातन्त्रको रक्षा हो ।”

निर्वाचन सुरक्षाका लागि सरकारले सबै व्यवस्था मिलाएकाले ढुक्क भएर मतदान गर्नसमेत प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।