कम्युनिष्ट विभाजित हुँदा विकास भएन : नेता श्रेष्ठ

गोरखा, ७ मंसिर । वाम गठबन्धनबाट गोरखा क्षेत्र नं २ का उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टी विभाजित भई फरक–फरक पार्टीमा हुँदा अन्य दलले फाइदा लिएको बताउनुभएको छ ।

दुईतिहाईभन्दा बढी जनमत कम्युनिष्टको भए पनि पार्टी विभाजित हुँदा काँग्रेसलगायत दलले फाइदा लिँदा देशको विकास नभएको उहाँको भनाइ छ ।

गोरखाको सिरानचोक २ थालाजुङमा आज आयोजित घरदैलो कार्यक्रममा नेता श्रेष्ठले भन्नुभयो, “लड्ने कम्युनिष्टहरु, रगत बगाउने कम्युनिष्टहरु, संविधान बनाउने कम्युनिष्टहरु, दुईतिहाई जनता कम्युनिष्ट छन् तर पार्टीहरु विभाजित हुँदा अर्कैले सरकार बनायो ।”

निर्वचन लगत्तै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता गरिने बताउँदै उहाँले अब नेपाल कम्युनिष्ट पार्टी भन्ने एउटै कम्युनिष्टको पार्टी हुने दाबी गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।