भुर्तेल जादा झन वाम गठबन्धनलाई बेफाइदा !
धनकुटा । केही समयअघिसम्म धनकुटाका वालानन्द भूर्तेलले लोकतान्त्रिक गठबन्धनसँग नजिक थिए । तर, एकाएक लोकतान्त्रिक शक्तिलाई त्यागेर वाम गठबन्धनसँग ताmमेल गर्न पुगेका छन् ।
भूर्तेललाई शाही कालमा तत्कालीन माओवादीले कालोमोसो दलेर धनकुटा बजार घुमाएका थिए । त्यति मात्र नभएर एमालेले भूर्तेललाई जन्मजात शत्रुको रुपमा हेर्दै आएका थिए । तर, पछिल्लो समयमा भूर्तेलले आफ्नो अस्तित्व जोगाउन वाम शक्तिको फेर समाउन पुगेका छन् ।

यसअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्य जिल्लामा लोकतान्त्रिक शक्तिसँग गठबन्धन गर्ने घोषणा गरेको थियो । तर, धनकुटामा वाम गठबन्धनलाई आगामी निर्वाचनमा सहयोग गर्ने भएको छ ।
आगामी मंसिर २१ म हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभामा उम्मेदवारी दिएको राप्रपाले प्रतिनिधि सभा र प्रदेशसभा मै वाम गठबन्धनलाई सहयोग गर्ने भन्दै एक भएको घोषणा गरेका छन् । यसलाई कतिपयले वाम गठबन्धनभित्रको ऐजेरुको रुपमा लिका छन् ।
जिल्लामा कुनै राजनीतिक हैसियत नभएको पार्टीले व्यक्तिगत रिसिइवीका कारण वाम शक्तिसँग तालमे गर्न पुगेकाले जिल्लामा वाम गठबन्धनलाई वेफाइदा हुने बताइएको छ ।
राप्रपाले झापामा वाम गठबन्धनले राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने भएपछि धनकुटाले वाम गठबन्धनलाई सहयोग गर्न लागेको बालानन्द भूर्तेलले पत्रकार सम्मेलनमा बताएका छन् । तर, उनको भनाई एकातिर र अर्कातिर हुने स्वयम वाम गठबन्धनमा चर्चा चल्न थालेको छ ।


