बामहरुले जिते सम्पत्ति र अधिकार राज्यले खोस्छ : थापा (भिडियो सहित)
धनकुटा खबर । लोकतान्त्रीक गठबन्धनका संयुक्त उमेद्वार सुनिलबहादुर थापाले बामहरुको सरकार बने ब्यत्तिगत सम्पति र स्त्रन्त्रता सरकारको अधिनमा हुने बताएका छन् ।
गठबन्धनले धनकुटाको बेलहारा बेंसी र छिन्ताङ्गको चिम्म्र्राहा लगाएत बिभिन्न स्थानमा गरेको कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

थापाले भने–‘कम्युनिष्टहरुले जितेर सरकार चलाई रहे खान त देला तर सम्पति र सबै अधिकार खोसेर जनताहरुलाई पिजडाको सुगा जस्तो बनाउँछ ।’
थापाले अहिलेको लडाई स्वत्रन्त्रता र निरंकुश बीचको लडाई भएकाले स्वत्रन्त्रताको लागि लोकतान्त्रीक गठबन्धनलाई बिजयी गराउन आफूलाई गोलाकार भित्रको हलोमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा क्षेत्र नं. १ का तर्फबाट गठबन्धनका नेपाली कांग्रेसका उमेद्धार मनोहर नारायणले नेपालमा शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा आएकाले आफूलाई रुख चिनहमा मतदान गरेर बिजयी गराउन अनुरोध गरे ।
बेलहारा र छिन्ताङ्गका बिभिन्न ४ स्थानमा सम्पन्न भएको चुनावी अभियानमा राप्रपा प्रजातान्त्रीकका जिल्ला अध्यक्ष सुनिल बहादुर थापा,कांग्रेसका बरिष्ठ नेता अजितनारायण सिंह थापा,जिल्ला पाटीका सचिव बिजय सन्तोषी राई लगाएतको सहभागिता रहेको थियो ।
https://youtu.be/3BzIyB9wIF0


