केशव स्थापितले आरोप प्रमाणित गरून्, म उम्मेद्वारी त्यागिदिन्छु : गगन थापा (भिडियो हेर्नुहोस्)

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफूमाथिको आरोप पुष्टि गरेर देखाउन केशव स्थापितलाई चुनौती दिएका छन् । स्थापितले आरोप पुष्टि गरे आफूले उम्मेदवारी नै त्यागेर एमालेका उम्मेदवारलाई विजयको माला पहि¥याइदिने घोषणा गरेका छन् । थापाले स्थापितलाई चुनौती दिंदै भनेका छन्– बोलिसक्नु भयो अब पुष्टि पनि गर्नुहोस् । केही दिनअघि एमाले नेता केशव स्थापितले सरकारी अनुदानको रकम लगानी गरेर गगन थापाले खोलेको बाख्रा फारममा बाख्रा त के खोर पनि नभएको र अरूका बाख्राको फोटो खिचेर अनुदान झ्वाम पारेको आरोप लगाएका थिए । गगन थापा अहिले क्षेत्र नं ४ मा भोट माग्ने क्रममा मतदाताका घरदैलो अभियानमा व्यस्त छन् । नेपाल आजसँग गरिएको कुराकानी भिडियो हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।