छिन्ताङ हत्या काण्डबारे के भन्छन् सूर्यबहादुर थापाका छोरा सुनील ?
धनकुटा खबर । छिन्ताङ हत्या काण्ड भएको ३९ वर्षसम्म पनि सो घटनामा मारिएकाहरु सरकारको नजरमा सहिद बन्न सकेका छैनन् । बरु ट्याक्सीले किचेर मारिएका व्यक्तिलाई सरकारले सहिद घोषणा गरेको छ ।
२०३६ सालयता लगातार रुपमा छिन्ताङ त्या काण्डको कुरा उठ्ने गर्छ । बहुदलीय व्यवस्था आएपछि झन छिन्ताङ काण्डको कुरा धेरै चल्ने गर्छ । तर, दुर्भाग्य जसले छिन्ताङ हत्या काण्डको कुरा उठाउँछन उसकै सरकार आउँदा छिन्ताङ हत्या काण्डमा मारिएका व्यक्तिको कुरा उठ्दैन ।
अहिले वाम गठबन्धनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुख्य नारा बनेको छ छिन्ताङ हत्या काण्ड । वाम गठबन्धनमध्येको नेकपा एमालेले छिन्ताङ त्या काण्डको न्यायीक छानविनको माग गर्दै आएको छ ।
एमालेले प्रतिनिधि सभाका उम्मेदवार सुनीलबादुर थापालाई छिन्ताङ हत्या काण्ड गराउने सूर्यबहादुर थापा हो र उनी हत्याराका छोरा भन्दै आएको छ । यो विषयमा के भन्छन् त सूयृबहादुर थापाका छोरा सुनीलबहादुर थापा ? हेर्नुस भिडियो ।


